हिजो घटेको सुनको मूल्य आजै बढ्यो ! कति ? [मूल्य सहित]

काठमाडौँ – महिनाको पहिलो दिन घटेको सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेको हो।

आज शुक्रबार सुनको मूल्य तोलामा ४ सयले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार कायम भएको महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ।

यस अगाडी बिहिबार सुनको मूल्य तोलामा ९ सय रुपैंयाले घटेको थियो। जसपश्चात छापावाला सुनको मूल्य ९६ हजार ६ सय कायम भएको थियो।  बुधबार भने नेपाली बजारमा छापावाला सुनको मूल्य स्थित रहेको थियो। बुधबार र मंगलबार छापावाला सुन ९७ हजारमा कारोबार भएको थियो।

गत महिना सुनको मूल्यमा लगातार घटबढ भएको थियो। भदौ महिनामा सुनको मूल्य १ लाख ४ सय सम्म पुगेको थियो भने सबै भन्दा कम ९५ हजार ८ सय सम्ममा घटेको थियो।

त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।

चाँदीको भाउ

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैंया बढेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय ३० पुगेको छ।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७०६:३३

मदन कृष्ण भन्छन् – “कुलमानलाई त्यहि पदमा पूनर्बहाली नमिले माथिल्लो पदमा नियुक्त गरौं”