भोलि असोज ६ गते मंगलबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

गूढ तथा रहस्यमय विद्या तर्फ आकर्षण बढ्नेछ। वाणीमा संयम राख्नुहोला। आध्यात्मिक सिद्धि प्राप्त हुने योग छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। शत्रुसँग सावधान रहनुहोला। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामाजिक कार्यमा संलग्न भइनेछ। परिवारका साथ आनन्दमय समय बित्नेछ। रमणीय यात्राको योग बन्नेछ। व्यापार व्यवसायमा बिस्तार हुने देखिन्छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। आकस्मिक धन लाभको योग रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारको साथ आनन्दमय तथा उल्लासपूर्ण रूपले समय बित्नेछ। आर्थिक लाभको सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो वाणी तथा क्रोधमा संयम राख्नुहोला। अधुरा रहेका केहि कार्य सफल हुनसक्ने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको साथ सहयोग प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अनावश्यक बहस तथा वाद-विवादमा नपर्नुहोला। मित्रगणसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रआमा-बुवासँग वाद-विवाद हुनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। यस दिन पानीबाट सावधान रहनुहोला। वाणी तथा क्रोधमा संयम राख्न जरूरी देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक रूपले प्रफुल्ल महशुस हुनेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। परिवारका सदस्यसँग सुमधुरता छाउनेछ। आध्यात्मिक सिद्धि प्राप्त हुनेछ। दाजु-भाईबाट भरपूर साथ सहयोग मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला। जिद्दी व्यवहारको कारण समस्यामा पर्न सकिनेछ। परिवारमा कलह तथा वाद-विवादको स्थिति आउनसक्छ। आर्थिक लाभ मिल्ने सम्भावना छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। साथी- भाईसँग रमणीय भेटघाट गर्ने अवसर मिल्नेछ। यात्राको योग रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। मानसिक रूपमा चिन्ताले सताउन सक्छ। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आफन्त तथा मित्रसँग रमणीय भेटघाटले मन प्रशन्न रहनेछ। व्यापारको दृष्टिले दिन अत्यन्त शुभ रहनेछ। साथी-भाईबाट उपहार मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। अत्याधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। परिवार तथा मित्रका साथमा रमणीय यात्रा गर्ने मौका मिल्ने देखिन्छ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

उच्च पदाधिकारीसँग मदभेदको अवस्था आउनसक्छ, सजग रहनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। यात्राको योग बन्ने देखिन्छ। व्यापार व्यवसायमा समय अनुकूल नरहला।

प्रकाशित : सोमबार, असोज ०५, २०७७१४:३२

भोलि असोज ८ गते बिहिबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!