पीसीआर परीक्षण गराउन लुकी-लुकी नेपाल घुस्छ्न् भारतीय, काठमाडौँ सम्म आइपुग्छन् !

काठमाडौँ -पीसीआर परीक्षण गराउने नाममा नेपाल प्रवेश गर्ने भारतीयको संख्या बढेको छ। भारतीय नागरिक अवैध रुपमा प्रवेश गरी वीरगंजमा पीसीआर परीक्षण गराउन थालेका हुन्।

नेपाल-भारत सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै भारतीयहरुले नेपालमा आएर पीसीआर परीक्षण गराउने गरेको पाइएको छ।

आइतबार राति नारायणी अस्पताल पीसीआर प्रयोगशालाले सार्वजनिक गरेको नतिजामा २ जना भारतीयमा समेत कोरोनाको पुष्टि भएको भेटिएसँगै यस्तो खुलासा भएको हो।

पर्साबाट १७७ जनाको र बाराबाट १५ जनाको स्वाब संकलन परीक्षण गरिएकोमा आइतबार राति पाँच जनामा कोरोना देखिएको र त्यस मध्ये २ जना भारतीय रहेको गरी नारायणी अस्पतालले जनाएको छ।

अहिले नारायणी अस्पतालले सशुल्क पीसीआर परीक्षण गरिरहेको छ। दुई हजार शुल्क तिरेर दैनिक ८० देखि सय जना सम्मले शुल्क तिरेर परीक्षण गराउँछन्। जसमध्ये ३० जना जति भारतीय हुने गरेका छन्।

यसरी भारतबाट लुकिछुपी नेपाल आउने भारतीयहरुबाट पर्सा तथा बारा जिल्लामा कोरोनाको संक्रमणको जोखिम थप बढेको छ। दुवै जिल्ला यस गाडी नै कोरोनाको ‘हटस्पट’ बनिसकेका छन्।

सीमामा कडाई नगरे परीक्षणका लागि भारतीयहरुको लर्को थप बढ्ने चिकित्सकहरुको चिन्ता छ। सीमा नाकाबाट हुने अवैध घुसपैठले महामारी तिब्र फैलाउने चिकित्सकहरु बताउँछन्।

त्यति मात्र नभई अवैध रुपमा प्रवेश गर्ने भारतीयहरु काठमाडौँ उपत्यका सहितका ठूला शहरहरुमा पनि पुग्ने गरेका छन्। जसमध्ये धेरैले पीसीआर परीक्षण नगएको समेत बताइन्छ।

प्रकाशित : सोमबार, असोज ०५, २०७७१४:०७

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने !