संसारमा कुनै पनि सम्बन्ध प्रेम र विश्वास मा निर्भर गर्दछ। यही कुरा पति-पत्नीको सम्बन्धमा पनि लागू हुन्छ। कुनै पनि दम्पतिको सम्बन्धको चमक तबसम्म रहन्छ जबसम्म सम्बन्धमा प्रेम, आफ्नोपन र सम्मान हुन्छ। कुनै पनि सम्बन्धमा धेरै समय एक-अर्कासँग बिताएपछि समस्या सुरु हुन थाल्छ।
केहि समय पछि आफ्नो प्रेमी वा जीवनसाथीको स्वाभावको कारण रिस उठ्न थाल्छ, एक-अर्का प्रतिको दूरी बढ्न थाल्छ। यदि यो अवस्थालाई समयमा ह्यान्डल गर्न सकिएन भने सम्बन्ध टुट्न पनि सक्छ। तपाईंले समयमै आफ्नो सम्बन्धमा कमी हुँदै आएको प्रेमका संकेतहरू बुझ्न सक्नुहुनेछ र त्यहि अनुसार केही उपाय निकाल्न सक्नुहुनेछ। यो जान्नुहोस् कि कस्ता संकेतहरूबाट थाहा हुन्छ त सम्बन्धमा प्रेमको कमी छ वा समस्या छ भनेर?
असमझदारी
धेरै समय सँगै बिताएपछि धेरै जोडीहरू बीच कम्युनिकेसन ग्याप बढ्छ। कुनै सम्बन्धमा फाटो आउनुको यो एक महत्वपूर्ण कारण हो। एक-आपसमा समय समयमा कुराकानी हुनु निकै जरूरी हुन्छ। जब दुबैले एक-अर्कासँग कुरा शेयर गर्न बन्द गर्छन् तब सम्बन्धमा असमझदारी बढ्न थाल्छ। यदि तपाईंको सम्बन्धमा पनि यस प्रकारको समस्या छ भने यसलाई हटाउनको लागि तपाईंको जीवनसाथीसँग खुलेर कुरा गर्न जरूरी हुन्छ।
भावनात्मक लगाव कम हुनु
कुनै पनि सम्बन्धमा जब एक अर्काको भावनात्मक लगाव कम हुन्छ, तब त्यो सम्बन्धमा थुप्रै समस्या आउन थाल्छ। यस्तो सम्बन्धमा व्यक्तिहरूले आफ्नो पार्टनरको ख्याल गर्दैनन्। भावनाले सम्बन्धलाई जोड्ने काम गर्छ। मानिस आफ्नो पार्टनरहरुबाट तब टाढा हुन थाल्छन् जब सम्बन्धमा प्रेम समाप्त हुन लाग्छ। यस्तो समस्याले सम्बन्ध नै टुट्न पनि सक्छ। त्यसैले सधैं आफ्नो साथीको भावनाको कदर गर्न जरूरी हुन्छ।
भावना व्यक्त नगर्नु
जब मानिस सम्बन्धमा व्यावहारिक हुन्छन्, तब उनीहरु आफ्नो मनको भावना व्यक्त गर्नु समयको बर्बादीका रूपमा हेर्न थाल्छन्। तर हरेक सम्बन्धमा एक-अर्का प्रति आफ्नो भावना व्यक्त गर्नु निकै आवश्यक हुन्छ। मनमा रहेका सानो सानो भावनाले पनि सम्बन्ध मजबूत पर्न निकै महत्वपूर्ण भूमिका खेल्छ। यदि तपाईंको सम्बन्धमा पनि यो समस्या छ भने समयमै समाधान गर्नु नै राम्रो हुन्छ।
पार्टनरको ख्याल नराख्नु
सामान्यतया, हरेक मानिसले सम्बन्धको प्रारम्भिक चरणमा आफ्ना पार्टनरको राम्रो देखभाल गर्दछ। तर समय बित्दै जाँदा केहि मानिसले आफ्नो पार्टनरको ख्याल गर्ने छाड्छन्। यसले सम्बन्धमा दूरी नित्याउँछ र अन्तत सम्बन्ध टुट्ने सम्म हुनसक्छ। त्यसैले, यदि तपाइँको जीवनमा उनीहरुको महत्व घट्दै छ भने, यो समयलाई बुझ्नुहोस् र निकटता बढाउन आफ्नै तरिकाले प्रयास गर्नुहोस्।