मेस्सी बार्सिलोनामा अझै पनि खुसी छन् त भन्ने कुरामा फेरी अर्को प्रश्न उठेको छ। गत शनिबार एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले जोयान ग्याम्पर ट्रफी जित्यो। तर जितपछि पनि मेस्सीको हाउभाउ र प्रतिक्रिया देखेर यो प्रष्ट भएको छ कि क्लबमा रहने निर्णय गरेपनि उनी त्यति खुसी छैनन्।
पछिल्लो महिना उनको बार्सिलोना छाड्ने निर्णयले फुटबल जगतमा नै तहल्का मच्चिएको थियो। बार्साका आधिकारिक बोर्डलाई पनि फ्याक्स मार्फत आफूले क्लब छोड्न चाहेको कुरा व्यक्त गरेका थिए। तर अन्तमा यो चर्चाले नयाँ मोड लियो जब मेस्सीले बार्सिलोनामै रहने निर्णय गरे। उनले एक भिडियोमा भएका छन् कि क्लबसँग कानुनी प्रक्रियामा जान नचाहेकोले आफूले निएको हो।
मेस्सी पछि प्रशिक्षणमा फर्किए र शनिबार उनी क्लबको परम्परागत खेल – जोन गैम्पर ट्राफीमा खेलेका थिए। उनले उक्त खेलमा आफ्नो उत्कृष्ट खेल देखाउन नसके पनि टोलीको लागि महत्वपूर्ण भूमिका खेलेका थिए। एन्टोइन ग्रिजमनको निर्णायक गोलमा बार्सिलोनाले एल्चेलाई १-० ले पराजित गर्दै ४३ औं पटक उक्त उपाधि जित्न सफल भयो, तर मेस्सी खुसी देखिएनन्।
खेलपछि पनि उपाधि हस्तान्तरण कार्यक्रममा कप्तान मेस्सीको अनुहारमा कुनै प्रकारको उत्साह र खुसी देखिएको थिएन। यो प्रतिक्रियाले स्पष्ट पारेको छ कि मेस्सीले बार्सिलोनामै रहने निर्णय गरेपनि सायद उनी खुसी भने छैनन्।