अपेक्षाकृत आशाको सञ्चार गराउन सकिएन !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। सहाना प्रधान स्मृति प्रतिष्ठानले छैठौँ स्मृति दिवसका अवसरमा आयोजित भर्चुवल कार्यक्रममा नेकपाको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका हुन्।

प्रचण्डले जनताले दिएको दुई-तिहाईको मतका बाबजुत जनतामाझ अपेक्षाकृत आशाको सञ्चार गराउन नसकिएको बताए। उनले पार्टी सरकारमा भएर पनि पार्टीको जीवन हराएजस्तो भएको उनको भनाई थियो।

“पार्टी सरकारमा छ, लाखौँ कार्यकर्ता छन्, पार्टीले यति ठूलो जनमत पाएको छ। तर पनि पार्टी जीवन हराए जस्तो, ऊर्जा नभए जस्तो भविष्यप्रतिको आशा हराए जस्तो भएको छ।”,उनले भने।

सरकार तथा पार्टीलाई लिएर केहि निराश भएको उनले संकेत गरे। उनले केही नयाँ गर्न खोज्दा नमिले जस्तो, भन्न खोजेको कुरा बुझाउन नसके जस्तो भएको बताए।

यस्तै प्रचण्डले पछिल्लो महिना नेकता भित्र भएको विवाद बारे पनि टिप्पणी गरेका छन्। उनले पार्टीमा विवाद हुनु सामान्य कुरा भएको बताए। विवादबाट नै गतिशिलता जन्मिने उनको तर्क थियो। साथै उनले जस्तो सुकै विवाद भएपनि नेकपा पछाडि फर्किन नसक्ने जिकिर गरे।

“विवाद क्लाइमेक्समा पुगेपनि त्यसले गतिशिलता नै प्रदान गरिरहेको हुन्छ।”,उनले भने,”तर जे भएपनि नेकपा पछाडि फर्किन सक्दैन।”

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७१५:४९

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक