काठमाडौँ – पूर्वसांसद सरिता गिरीले चीनले मिचेको भूमि रक्षाको लागि छिमेकिहरुसँग सहयोग माग्न आग्रह आग्रह गरेकी छन्।
चीनले हुम्लामा सीमा अतिक्रमण गरेपछि गिरीले नेपाल सरकार आफ्नो सीमानाको रक्षा गर्न सक्ने अवस्थामा नरहेको भन्दै छिमेकिसँग सहयोग माग्न सरकारलाई आग्रह गरेकी हुन्।
चीनले अतिक्रमण गरेको क्षेत्रमा अनुगमनका लागि गएको टोलिलाई चिनियाँहरुले फिर्ता पठाएको समेत उल्लेख गर्दै गिरीले सबैको ध्यानाकर्षण भएको बताएकी छन्।
नेपाल सरकार ले उत्तरी छिमेकी प्रति भक्ति भाव देखाउंदै तिब्बत संग भएको नेपाल को सीमानाको सुरक्षा लाई बेवास्ता गरेका कारण यस्तो अवस्था आइपुगेको उनको भनाई छ।
हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीन ले नेपाल को भूमि अतिक्रमण गरेकोबारे तुरन्त आधिकारिक जानकारी गराउन पनि उनले माग गरेकी छन्।
उनले जारी गरेको प्रेस विज्ञप्तिको निम्न छ:
प्रेस विज्ञप्ति
१.हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपालको भूमिमा चिनियाँ पी एल ए ले ९ वटा अनाधिकृत भवन निर्माण गरकोे समाचार यताका केही दिनमा संचार माध्यममा निरन्तर आइरहेकोे र नेपालको टोली त्यहाँ गएर स्थिति बुझन खोज्दा “यो चीन को भूभाग हो र वार्ता गर्ने हो भने सीमामा वार्ता गर्ने” भनी उक्त भवनबाट माइक मार्फत सन्देश प्रवाह गरेको समाचार प्रति सबैको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले उत्तरी छिमेकी प्रति भक्ति भाव देखाउँदै तिब्बतसँग भएको नेपालको सीमानाको सुरक्षालाई बेवास्ता गर्दै आएकोले यस्तो परिणाम देख्नु परेको सजिलै बुझ्न सकिन्छ ।
विगतमा गोरखा जिल्लाको रुई गाउँ स्थानीय जनताले गराएको जनमत संग्रहबाट चीनको भाग हुन गएको दुखद वृतान्त हामीले विदेश मन्त्री मा. प्रदीप ज्ञवाली मार्फत थाहा पाइसकेका छौंं । यस्ता घटनाहरु नेपाल सरकारले बेवास्ता गर्दै-गएमा यो क्षेत्रीय असंतुलन को कारण भई नेपाल क्षेत्रीय द्वन्दमा समेत फँस्न सक्दछ ।
२.इतिहास कहिले पनि बिर्सर्नु हुन्न । भारत र चीन बीच १९६२मा यु-द्ध हुँदा तत्कालीन राजा महेन्द्रले सन् १९५० को भारतसँग भएको सन्धि अनुसार नेपाल तिब्बत सीमानामा भारतलाई १७ वटा सैन्य चौकी स्थापना गर्ने अनुमति दिएको र यु-द्ध पछि भारत का सैनिकहरु फिर्ता भएको ऐतिहासिक तथ्यसँग हामी अवगत छौं । यदि नेपाल सरकार आफ्नो सीमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग माँगी नेपालको उत्तरी सीमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।
संयोजक ,सरिता गिरी
तराई मधेश वृहत लोकतांत्रिक मोर्चा

