बाढीले विद्युत प्राधिकरणको गाडी बगायो: एक जनाको मृ-त्यु, दुई बेपत्ता !

काठमाडौँ – बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिकावडा-७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको ज्यान जानुका साथै २ जना बेपत्ता भएका हुन्।

नेपाल विद्युत प्राधिकरणको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ जना मध्ये १ जनाको ज्यान जानुका साथै २ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन्। पौडेलका अनुसार प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको उक्त गाडीमा रहेका ३ जनाले भने हाम फाल्दै पौडिएर खेलेर ज्यान जोगाएका थिए।

ज्यान गुमाउनेमा गाडी चालक गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ५ का ३५ वर्षीय माधव पाण्डे रहेका छन्। यस्तै नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेल र गाडीमा लिफ्ट लिएर चढ्ने अर्घाखाँची शितगंगा नगरपालिकावडा-१३ का केशवप्रसाद भाट भने बेपत्ता छन्।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ ।

प्रकाशित : बुधबार, असोज ०७, २०७७१४:४१

‘नेपाल र चीनबीच सीमा समस्या छैन’