“इन्डियालाई खुसी पार्न चीनलाई अपमानित नगरौं”

फणिन्द्र नेपाल

काठमाडौँ – केही महिनाअघि कृषि तथा पशुपन्छी मन्त्रालयमा हुँदै नभएको नापी शाखाले चीनले नेपालको उत्तरी सीमा मिचेको भनी विवरण दिएको भन्दै मिथ्याङ्कलाई तथ्याङ्कका रूपमा प्रस्तुत गरी एउटा ठूलै दैनिक अखबारमा गलत समाचारको प्रायोजन गरिएको थियो । पछि तालुकवाला मन्त्रलालय र परराष्ट्र मन्त्रालयलेसमेत त्यो समाचार पूर्णरूपमा गलत भनी स्पष्टीकरण दिएका थिए । यसबाट उक्त भ्रामक समाचारको प्रायोजक काठमाडौँस्थित एउटा राजदूतावास नेपाली समाजमा नाङ्गिएको थियो । तर त्यो दूतावास त्यत्तिकै चुप लागेर बसेको रहेनछ भन्ने कुरा चीनले हुम्लामा नेपाली भूमि मिचेर घर बनायो भन्ने पछिल्लो प्रायोजित समाचारले पुष्टि गरेको छ ।

हुम्ला, नाम्खाको लिमी लाप्चामा चीनले एकतर्फी रूपमा ९ वटा भवन निर्माण गरेकाे भन्ने समाचार दिएर नेपाली भूमिमा चीनले जबर्जस्ती गरेको भ्रम पार्न खोजिएको थियो । यस पटक उक्त विषयमा सो दूतावासले एउटा ठूलै भ्रमको रेशमी पर्दा हाल्न खोजेको कुरा चीनविरुद्ध हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष , उपाध्यक्षले बताएअनुसार भन्दै हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारीले हचुवाका भरमा त्यहाँ गाडिएको ११ नम्बरको सीमास्तम्भ गायब भएको र चीनले नेपालतिर एकतर्फी रूपमा भौतिक संरचना निर्माण गरेको भन्ने प्रतिवेदन बनाएर गृह मन्त्रालयमा पठाएबाट स्पष्ट हुन्छ ।

चीन होस् वा इन्डिया , जसकसैले नेपालको सीमाअतिक्रमण गरे पनि नेपालीका लागि सह्य हुने कुरा होइन । दक्षिणी छिमेकीको स्वार्थ पूरा गर्न उत्तरको छिमेकीलाई जबर्जस्ती तान्नु झन् सरासर गलत हो । अझ आरोपका पछाडिको वास्तविकता स्पष्ट हुनुभन्दा पहिल्यै चीनविरोधी नारा लगाउँदै चिनियाँ दूतावासपरिसर पुग्नु त सर्वथा बेइमानी हो । यसले चीनको बदनामीका निम्ति हामी कसरी इन्डियाको इसारामा जस्तोसुकै अभद्र व्यवहार गर्न पछि पर्दैनौँ भन्ने देखाएको छ । कालापानीमा इन्डियाले सैन्य गतिविधिको विस्तार र आवादी बढाउन गरेको क्रियाकलापतिर आँखा चिम्लिएर चीनले पनि नेपालको सिमाना मिचेको छ भन्ने परिकल्पना गरेर गलत कथा बनाउनु हाम्रा लागि कुनै पनि क्षण प्रत्युत्पादक हुन सक्छ । इन्डियालाई खुसी पार्न चीनलाई अपमानित नगर्नु नै बुद्धिमानी होला !

केही महिनाअघि कृषि तथा पशुपन्छी मन्त्रालयमा हुँदै नभएको नापी शाखाले चीनले नेपालको उत्तरी सीमा मिचेको भनी विवरण दिएको भन्दै मिथ्याङ्कलाई तथ्याङ्कका रूपमा प्रस्तुत गरी एउटा ठूलै दैनिक अखबारमा गलत समाचारको प्रायोजन गरिएको थियो । पछि तालुकवाला मन्त्रलालय र परराष्ट्र मन्त्रालयलेसमेत त्यो समाचार पूर्णरूपमा गलत भनी स्पष्टीकरण दिएका थिए । यसबाट उक्त भ्रामक समाचारको प्रायोजक काठमाडौँस्थित एउटा राजदूतावास नेपाली समाजमा नाङ्गिएको थियो । तर त्यो दूतावास त्यत्तिकै चुप लागेर बसेको रहेनछ भन्ने कुरा चीनले हुम्लामा नेपाली भूमि मिचेर घर बनायो भन्ने पछिल्लो प्रायोजित समाचारले पुष्टि गरेको छ ।

हुम्ला, नाम्खाको लिमी लाप्चामा चीनले एकतर्फी रूपमा ९ वटा भवन निर्माण गरेकाे भन्ने समाचार दिएर नेपाली भूमिमा चीनले जबर्जस्ती गरेको भ्रम पार्न खोजिएको थियो । यस पटक उक्त विषयमा सो दूतावासले एउटा ठूलै भ्रमको रेशमी पर्दा हाल्न खोजेको कुरा चीनविरुद्ध हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष , उपाध्यक्षले बताएअनुसार भन्दै हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारीले हचुवाका भरमा त्यहाँ गाडिएको ११ नम्बरको सीमास्तम्भ गायब भएको र चीनले नेपालतिर एकतर्फी रूपमा भौतिक संरचना निर्माण गरेको भन्ने प्रतिवेदन बनाएर गृह मन्त्रालयमा पठाएबाट स्पष्ट हुन्छ ।

चीन होस् वा इन्डिया , जसकसैले नेपालको सीमाअतिक्रमण गरे पनि नेपालीका लागि सह्य हुने कुरा होइन । दक्षिणी छिमेकीको स्वार्थ पूरा गर्न उत्तरको छिमेकीलाई जबर्जस्ती तान्नु झन् सरासर गलत हो । अझ आरोपका पछाडिको वास्तविकता स्पष्ट हुनुभन्दा पहिल्यै चीनविरोधी नारा लगाउँदै चिनियाँ दूतावासपरिसर पुग्नु त सर्वथा बेइमानी हो । यसले चीनको बदनामीका निम्ति हामी कसरी इन्डियाको इसारामा जस्तोसुकै अभद्र व्यवहार गर्न पछि पर्दैनौँ भन्ने देखाएको छ । कालापानीमा इन्डियाले सैन्य गतिविधिको विस्तार र आवादी बढाउन गरेको क्रियाकलापतिर आँखा चिम्लिएर चीनले पनि नेपालको सिमाना मिचेको छ भन्ने परिकल्पना गरेर गलत कथा बनाउनु हाम्रा लागि कुनै पनि क्षण प्रत्युत्पादक हुन सक्छ ।

(लेखक नेपाल ग्रेटर नेपाल राष्ट्रवादी मोर्चामा अध्यक्ष हुन्)

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७११:०१

राजा विरेन्द्रको अवसान पछि जब ज्ञानेन्द्रले आँसु खसाल्ने हक पनि रहेनछ भन्दै दुखेसो पोखे …