यी राशी भएका पुरुषहरुले पाउँछन् ‘सुन्दर’ र ‘गुणवती’ श्रीमती

एजेन्सी । खासगरी हरेक पुरुषले आफ्नो जीवनसाथी सुन्दर होस् भन्ने चाहना राख्छन्। तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। यसमाथि पनि सबैले सुन्दरतालाई मात्रै जीवनसाथीको मापक नराख्न पनि सक्छन्।

यद्यपी, ज्योतिष शास्त्र अनुसार यी तल प्रस्तुत गरिएको राशिका पुरुषहरुले सुन्दरसँगै गुणवती जीवनसाथी पाउने विश्वास गरिन्छ।

तुला राशि:  ज्योतिष शास्त्र अनुसार तुला राशि भएका पुरुष सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशि भएका व्यक्ति धेरै भावक र समझदार हुने पनि गर्छन । यी राशि भएका पुरुषकोप प्रमुख विशेषता भनेकै आफ्नो सहयात्रीसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुनु हो ।

कन्या राशि: कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ । यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ । जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन् ।

कर्कट राशि: शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन् । यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

कर्कट राशिका पुरुष महिलाको चाहना बुझ्न खप्पिस हुने गर्छन्। कस्ती महिलालाई के चाहिन्छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्ने क्षमता राख्ने गर्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन् । यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह (लभ म्यारिज) गर्छन् ।

मकर राशि: मकर राशि भएका पुरुष धेरै रोमान्टिक हुन्छन्। त्यसमाथि महिलाहरुले खासगरी रोमान्टिक पुरुषलाई धेरै मन पराउने गर्छन्।  अर्थात् महिलाले आफ्नो पुरुष रोमान्टिक होस् भन्ने ठान्छन्। यी राशीका पुरुषहरुले आफ्नो पार्टनरलाई सरप्राइज दिने मामलामा पनि निकै अगाडी हुन्छन्।

महिलालाई रिसाएको बेला हसाउन आफ्नो मुहारमा बनावटी हाँसो देखाएरै भए पनि आफ्नो खुसी पर्न सक्ने बिशेष क्षमता उनीहरु राख्दछन्।  उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन् । त्यसकारण पनि महिलाहरु यो राशी हुने पुरुषप्रति निकै आकर्षित हुन्छन्।

प्रकाशित : शनिबार, बैशाख ०७, २०७६१३:३४

वृश्चिक राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !