दैनिक अलैंचीको सेवन गर्दा हुन्छन् यस्ता फाइदा !

हामी दैनिक रूपमा हाम्रो खानामा प्रयोग गर्ने मसला आयुर्वेदिक औषधीको रूपमा पनि प्रयोग हुन्छ। यी मध्य एक हो अलैंची। अलैंची प्राय: मानिसहरूले मसलाको रूपमा प्रयोग गर्छन्। व्यक्तिहरूले यसलाई सबैभन्दा बढी स्वीट डिशहरुमा सुगन्ध बढाउन प्रयोग गर्दछन्।

त्यस्तै, अलैंचीका धेरै स्वास्थ्य लाभहरू छन्। अलैंचीको दैनिक सेवनले तपाईंलाई धेरै स्वास्थ्य लाभहरू दिन्छ।

सास गनाउने समस्या 

प्राय: मानिस अलैंची माउथ फ्रेशनरको रूपमा प्रयोग गर्छन् किनकि यसले मेखबाट आउने दुर्गन्ध वा सास गनाउने समस्या कम गर्छ। यदि तपाईंलाई त्यस्तो समस्या छैन भने पनि तपाईं खाना खाएपछि अलैंची चबाउन सक्नुहुन्छ। यसले मुखको गन्ध हटाउन र खाना पचाउन मद्दत गर्छ।

ग्यासको समस्या 

ग्यासको समस्या वा टाउको दुख्न समस्या छ भने, अलैंचीको सेवन गर्नुहोस्। किनभने यसले तपाईंको पाचन प्रक्रियामा सुधार गर्दछ। खाना खाइसकेपछि अलैंची मुखमा राखेर करिब सय पाइला हिड्नु पर्छ।

रक्तचाप 

अलैंचीले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्दछ। अलैंचीमा क्याल्सियम, पोटाशियम र म्याग्नेशियम जस्ता खनिज पाइन्छन्। अलैंचीको सेवनले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

रुघा खोकी 

अलैंची सेवनले रुघा खोकी जस्ता समस्याहरूमा पनि राहत प्रदान गर्दछ। चिसोको कारणले छातीको दुख्ने वा सास फेर्न गाह्रो हुने भयो केहि थोपा अलैंचीको तेल तातो पानीमा मिलाउनुहोस् र १५ मिनेटसम्म यसको बाफ लिनुहोस्। यसो गर्नाले तपाईंले रुघा खोकीबाट छिट्टै छुटकारा पाउनुहुनेछ।

प्रकाशित : आइतबार, असोज ११, २०७७१३:०४

मेवा मात्र होइन यसको दाना पनि हुन्छ स्वास्थ्यको लागि अत्यन्त लाभदायक ! कसरी प्रयोग गर्ने ?