हरियो तरकारी स्वास्थ्यमा धेरै फाइदाजनक हुन्छ। हरियो सगपात मै पर्ने मेथीको साग स्वाद र स्वास्थ्य दुबैको लागि राम्रो हुन्छ। मेथीमा समावेश गुणहरूले शरीरलाई धेरै समस्याहरूबाट जोगाउन सक्छ।
मेथीका दाना पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ। मेथीको सेवन गर्नाले थुप्रै फाइदा मिल्छ।
मधुमेह
मेथीको साग मधुमेह बिरामीहरूका लागि सबैभन्दा फाइदाजनक हुन्छ। यसको लागि, तपाईं मेथीको साग पकाएर खान सक्नुहुन्छ अन्यथा तपाईं यसको रस निकालेर पिउन सक्नुहुन्छ। साथै मधुमेहका बिरामीले मेथीको दाना पानीमा भिजाएर उक्त पानी पिउनु निकै फाइदाजनक हुन्छ।
कब्जियत
मेथी सागको सेवनले कब्जियतको समस्याबाट मुक्त गर्दछ। यदि कसैलाई ग्यासको समस्या छ भने पनि मेथी खानु निकी फाइदाजनक हुन्छ। यसको सेवनले पाचन प्रक्रिया मजबूत गर्छ जसले पेट सम्बन्धी समस्याहरूलाई कम गर्दछ।
चमकदार कपाल
मेथीको पात वा मेथीको दाना पिसेर कपालमा प्रयोग गर्नाले कपाल चम्किलो हुन्छ। त्यस्तै, मेथीको दाना भिजाएको पानी कपालमा प्रयोग गर्दा कपाल झर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।
ब्याक्टेरिया
नियमित रूपमा एक चम्चा मेथीको पातको रस पिउँदा पेटमा भएका खतरनाक ब्याक्टेरिया खत्तम गर्दछ।