एजेन्सी – वर्षाको समयमा सडकमा खाडल पर्यो भने सबैलाई सरकारको आलोचना गर्छन् । त्यसमाथि पनि शहरमा यस्ता खाडल भएमा त सरकारको धज्जी उडाइन्छ ।
तर तपाइँलाई पत्यार नलाग्न सक्छ शहरमै रहेका कतिपय खाडल भने भयंकर मूल्यवान पनि हुन सक्छन् । हो यस्तै उदाहरण खाडल छ पूर्वी साइवेरियामा । हिराको शहर भनिने ‘मिर माइन’ मा रहेको यस्तो खाडल यति मूल्यबान छ कि यसको सुरक्षाका लागि हजारौं सैनिक तैनाथ छन् ।
यहाँ हेलिकोप्टरले सुरक्षा गस्ती गरिरहन्छन् । तर यो खाडल भित्र हेलिकोप्टर पनि खस्ने गरेको भन्दै केही टाढाको दुरीबाट मात्र उडाउने गरिएको छ ।
यो बहुमूल्य खाडल १७२२ फिट गहिरो छ भने एक माइल ब्यास छ । खुला हिरा खानीकोरुपमा रहेको भएपनि सन् २००४ देखि यहाँ माथिबाट हिरा खोज्न प्रतिबन्ध लगाइएको थियो । सन् २०१४ मा ६ मिलियन क्यारेट रफ हिरा भेटिएको यो खानीबाट एक वर्षमा करिव २ लाख क्यारेट हिरा निक्लिन्छ ।
यसको मूल्य २ करोड पाउण्ड अर्थात २ खर्व भन्दा बढी पैसा मूल्य हुन आउँछ ।यो हिरा खानीको मालिक रुसी कम्पनी अलरोसा हो । यो कम्पनीले संसारभरिमा उत्पादन हुने मध्ये १ चौथाइ हिरा उत्पादन गर्छ ।