मलामस: भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य, हुनेछ अशुभ!

मलमास १८ सेप्टेम्बर अर्थात् असोज २ गते प्रतिपदाको दिनबाट सुरु भइसकेको छ। यो महिना धार्मिक कार्यहरूको लागि धेरै महत्त्वपूर्ण मानिन्छ। मलमासलाई अधिकमास वा पुरुषोत्तम महिना भनेर पनि चिनिन्छ। यो पटकको मलमास निकै खास रहेको छ। करिब १६५ वर्षपछि यस्तो संयोग बनेको हो। ब्रह्मासिद्धान्तमा यो उल्लेख गरिएको छ कि जुन चंद्रमासमा संक्रान्ति हुँदैन त्यसलाई मलमास भनिन्छ। मलमासको समयमा केही यस्ता कार्य भुलेर पनि गर्नु हुँदैन।

१. यस महिनामा कुनै प्रकारको नशा गर्नु हुँदैन र मांसाहारी खाना खानु हुँदैन। भगवान विष्णु मासुको सेवन गर्दा रुष्ट हुन्छन्। मासु, रायोको साग, मासको दाल, प्याज, लसुन, बासी खाना आदि नखानुहोस्।

२. यस महिनामा विवाह, नामकरण, व्रत-वन्ध, गृह-प्रवेश जस्ता कार्य नगर्नुहोस्। यी कार्यहरू यो महिनामा सफल हुँदैनन्।

३. यस महिना घर, सुन, पसल, सवारी  आदि खरिद गर्नु पनि अशुभ मानिन्छ।

४. अपशब्द, गृह कलह, क्रोध आदि नगर्नुहोस्। यसको नतिजा भोग्नु पर्ने हुन सक्छ।

५. मलमासमा नयाँ चीजहरु नकिनेकै राम्रो हुन्छ। पुरुषोत्तम महिनामा कुनै पनि प्रकारको नराम्रो काम गर्नु हुँदैन।

६. महादाना, सोमयज्ञ र अष्टक श्रद्धा, गौका उचित दान, अग्रयान, उपकर्म, वेदव्रत, देवप्रिष्ठ, मंत्र दीक्षा, यज्ञोपवीत संस्कार, विवाह, पहिला कहिल्यै नगएको देव तीर्थ, संन्यास, अग्निपरिग्रह, राजाको दर्शन, चतुर्मासी उपवासको शुरुवात, कर्णावद जस्ता कार्य मलामसमा निषेध गरिएको छ।

प्रकाशित : सोमबार, असोज १२, २०७७०८:२५

आज शिव जीको लागि सोम प्रदोस व्रत राख्ने दिन, यसरी पूजा गर्नुहोस्, पूरा हुनेछ हरेक मनोकामना !