भोलि असोज १३ गते मंगलबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक क्षेत्रमा संलग्न बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। सरकारी क्षेत्रमा विशेष सफलता मिल्नेछ। आफन्तजनबाट शुभ समाचार मिल्नेछ। यात्राको योग बन्ने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। आयमा वृद्धि हुनेछ। पदोन्नतीको योग रहेको छ। सरकार लाभ प्राप्त हुने सम्भावना छ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। अधुरा रहेका कार्य सफलताका साथ सम्पन्न हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक रूपले अस्वस्थताको अनुभव हुनसक्छ। कार्यक्षेत्रमा सहकर्मीको साथ सहयोग भरपूर मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहन जरूरी देखिन्छ। उच्च पदाधिकारीसँग वाद-विवाद हुनसक्छ, सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

क्रोधमा संयम राख्नुहोला। खानपानमा विशेष ध्यान राख्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। खर्चमा वृद्धि हुनाले आर्थिक समस्याले सताउन सक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दाम्पत्य जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। मान-सम्मानमा आँच आउला, ध्यान राख्नुहोला। विपरित लिंगीसँगको भेटघाट आनन्दमय रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन अनुकूलतापूर्वक बित्नेछ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। बिरामीहरुको स्वास्थ्यमा सधार आउनेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा पनि समय अनुकूल रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। व्यर्थको वाद-विवादमा नपर्नुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सतर्क रहन%LS

प्रकाशित : सोमबार, असोज १२, २०७७१३:३१

मासिक राशिफल: कुन राशिलाई अक्टोवर महिना कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !