काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १५ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ।

आज १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएसंगै हालसम्म निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ४९८ पुगेको छ।

