गुर्जोको पात : इम्युनिटी बढाउने सस्तो र प्राकृतिक उपाय, यी ५ रोगबाट पनि मिल्छ राहत

काठमाडौँ : कोरोना भाइरस अहिले पूरा दुनियाँमा तीव्र गतिमा फैलिरहेकोले इम्युनिटी(Immunity) लाई ध्यान दिनुपर्ने आवश्यक छ। इम्युनिटी बढाउनको लागि मानिस अनेक प्रकारका औषधी र महँगो डाइटको भर परिरहेका छन्। जबकि इम्युनिटी बढाउने सस्तो र प्राकृतिक उपाय पनि छ। स्वास्थ्य विज्ञले गुर्जोको पातलाई पानीमा उमालेर पिउँदा इम्युनिटी बढ्ने दाबी गरेका छन्। केहीले यसको पातलाई अरु फलको जुससँग मिलाएर पिउँछन्।

गुर्जोको पात पानको पात जस्तै हुन्छ। यसको पातमा क्याल्सियम, प्रोटिन, फस्फोरस पर्याप्त मात्रामा पाइन्छ। यस बाहेक यसको पातको ढाठमा स्टार्च धेरै मात्रामा पाइन्छ। यो एक उत्कृष्ट पावर ड्रिंक हो, जसले इम्युन सिस्टमलाई बुस्ट गर्नुको साथै अन्य थुप्रै खतरनाक रोगहरुबाट सुरक्षा प्रदान गर्दछ।

मेटाबोलिज्म सिस्टम, ज्वरो, खोकी, रुघा र ग्यास्ट्रोइन्टेस्टाइनल समस्या बाहेक पनि अन्य थुप्रै रोगहरुबाट तपाईलाई रक्षा गर्छ। तपाईले उमालेको  पानी या जुस बाहेक चिया या कफीमा पनि यो प्रयोग गर्न सक्नुहुन्छ। विज्ञान जगतका ठुला-ठुला महारथी पनि गुर्जोको पातलाई एक उत्कृष्ट आयुर्वेदिक औषधी मान्छन्।

१. रक्तअल्पता(एनेमिया) समस्या कम गर्न सहायक हुन्छ। यसलाई घ्यु र महसँग मिसाएर खाँदा रगतको कमी हुन् पाउँदैन्।

२. जन्डिसका बिरामीका लागि पनि गुर्जोको पात लाभदायी मानिन्छ। केहीले यसलाई धूलोको रुपमा प्रयोग गर्छन त कोही पातलाई पानीमा उमालेर पिउँछन्। यदि तपाई चाहनुहुन्छ भने गुर्जोको पातलाई पिसेर महसँग मिसाएर पनि खान सक्नुहुन्छ।

३. हातखुट्टामा जलन या स्किन एलर्जीबाट पीडित मानिसहरुले पनि यसलाई आफ्नो डाइटमा मिसाउन सक्छन्। यस्ता मानिसहरुका लागि गुर्जो अत्यन्तै लाभदायी हुन्छ। गुर्जोको पातलाई पिसेर त्यसको पेस्ट तयार गर्नुहोला र त्यसलाई बिहान बेलुका खुट्टा र हातमा लगाउनुहोला।

४. पेटसँग सम्बन्धित बिमारीको लागि गुर्जोको प्रयोग अत्यन्तै फाइदाजनक मानिन्छ। यसले कब्जियत र ग्यास्ट्रिकको समस्या हुन् दिंदैन र पाचन प्रक्रियालाई पनि दुरुस्त पार्छ।

५. गुर्जो ज्वरो र रुघा निको पार्नको लागि पनि प्रयोग गरिन्छ। यदि धेरै दिनदेखि ज्वरो आएको छ र शरीरको तापक्रम घट्ने कुनै नामोनिशाना छैन भने गुर्जोको पातलाई उमालेर पिउँदा फाइदाजनक हुन्छ।

प्रकाशित : बुधबार, असोज १४, २०७७१२:५५

किड्नीलाई स्वस्थ राख्न चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस यस्तो गल्ति!