यदि जीवनमा सफल हुन् चाहनुहुन्छ भने सुत्नुअघि यी १० काम जरुर गर्नुहोला

हामी २४ घण्टामा कम से कम ८ घण्टा ओच्छ्यान सुतिरहेका हुन्छौँ। त्यसकारण सुत्नु अघि के गर्नुपर्छ त्यो जान्न जरुरी छ किनकी यसैमा हाम्रो भविष्य टिकेको छ।

१. ओच्छ्यानमा ६ देखि ८ घण्टासम्म सुत्दा हाम्रो शरीरको सबै सन्ताप मेटिन्छ र दिनभरको थकान पनि मेटिन्छ। अत: ओच्छ्यान सुन्दर, मुलायम र आरामदायक हुनुपर्छ। साथै त्यो मजबूत पनि हुनुपर्छ। बेड सिट र सिरानीको रङ पनि यस्तो हुनुपर्छ जसले हाम्रो आँखा र मनलाई सुकून देओस्।
२. सुत्नुअघि हरेक दिन कपूर बालेर सुत्दा तपाईलाई अत्यन्तै मिठो निन्द्रा लाग्छ। र साथै हरेक प्रकारका तनावबाट मुक्ति पाउनुहुनेछ। कपूरका अरु पनि थुप्रै लाभहरु हुन्छन्।
३. सुत्नु पूर्व तपाई ओच्छ्यानमा पल्टिरहँदा ती कुराहरु सोच्नुहोला जुन तपाई जीवनमा चाहनुहुन्छ। अलिकति पनि नकारात्मक सोच दिमागमा आउन नदिनुहोला। किनकी सुत्नु अघिको १० मिनेटसम्मको समय अत्यन्तै संवेदनशील हुन्छ। बिहान उठेपछि कमसेकम १५ मिनेटको समय पनि अत्यन्तै संवेदनशील हुन्छ किनकी त्यतिबेला तपाईको अवचेतन मन जागृत हुन् लाग्छ। यस बीचमा तपाई जे पनि सोच्नुहुन्छ त्यो वास्तविक रुपमा घट्न पुग्छ।
४. सुत्दा यो कुरा पनि ख्याल गर्नुहोला कि तपाईको खुट्टा कुन दिशातर्फ छ। दक्षिण र पूर्वपट्टि कहिले पनि खुट्टा नराख्नुहोला। खुट्टालाई ढोकातर्फ पनि नफर्काउनुहोला। त्यसो गर्दा तपाईको स्वास्थ्य र समृद्धिमा नोक्सान पुग्छ। पूर्व दिशातर्फ शिर पारेर सुत्दा ज्ञानमा बढोत्तरी हुन्छ। दक्षिणतर्फ शिर पारेर सुत्दा शान्ति, स्वास्थ्य र समृद्धि मिल्छ।
५. झुठो मुख र हातगोडा नधोईकन कहिले पनि सुत्नुहुन्न।
६. घोप्टो परेर, अरुको ओच्छ्यानमा, भाच्चिएको पलङमा तथा फोहोर घरमा कहिले पनि सुत्नुहुन्न।
7. कहते हैं कि सीधा सोए योगी, डामा(बांया) सोए निरोगी, जीमना(दांया) सोए रोगी। शरीर विज्ञान कहता है कि चित्त सोने से रीढ़ की हड्डी को नुकसान पहुंचता है जबकि औंधा सोने से आंखों को नुकसान होता है।
७. भनिन्छ कि सिधा सुते योगी, बायाँ फर्केर सुते निरोगी, दायाँ सुते रोगी।
८. सुत्नु भन्दा २ घण्टा अघि रातको खाना खानुपर्छ। रातको खाना हल्का र सात्विक हुनुपर्छ।
९. मिठो निन्द्राको लागि खाना खाईसकेपछि वज्रासन गर्नुहोला र त्यसपछि भ्रामरी प्राणायाम गर्नुहोला र अन्त्यमा शवासन गर्नुहोला।
१०.सुत्नु अघि आफ्नो इष्टदेवलाई सम्झिनुहोला र प्रार्थना गरी सुत्नुहोला।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१३:०३

सन् १५४७ पछि ग्रहचक्रमा पहिलो पटक बन्दै यस्तो अद्भुत महासंयोग, यी राशिलाई अत्यन्त शुभ !