यस समयमा गर्भमा बसेको बच्चा हुने गर्दछ निकै भाग्यशाली र योग्य!

गर्भाधान, १६ संस्कारहरू मध्ये पहिलो, जसमा आत्मा गर्भमा आउँदछ र यसैबाट जीवन र निधनको सिलसिला सुरु हुन्छ। हिन्दू धर्मका अनुसार घरेलु जीवनको मुख्य उद्देश्यहरु मध्ये एक बच्चा हुनु हो। जस कारण यो संसार बिना कुनै अवरोध अगाडि बढ्दै जान्छ। विवाहित जोडी जसले आमा बुबा बन्ने सौभाग्य प्राप्त गर्दछ, उनीहरूका लागि यो भगवानको आशिष जस्तै हो।

विवाहित पुरुष र महिलाको सम्बन्ध

विवाहित पुरुष र महिलामा हुने सम्बन्धलाई शुभ मानिन्छ र यो सृष्टिको नियम पनि हो। तर जब सम्बन्धको उद्देश्य गर्भाधान हुन्छ भने यसका लागि केहि विशेष नियमहरू बनाइएको छ, जसबाट केवल राम्रो आत्माले मात्र महिलाको गर्भमा प्रवेश गर्न सकोस्। यस लेखको माध्यमबाट हामी तपाईहरुलाई सामान्य नियमहरूको बारेमा जानकारी गराउदै छौ, जुन शास्त्र अनुसार र परिवारका लागि लाभदायक छन्।

गर्भाधान

हिन्दू धर्मशास्त्रका अनुसार यदि गर्भधारण गर्ने विधिलाई गम्भीरताका साथ लिइन्छ भने यसले आत्माको विगतको पापहरूलाई पनि नष्ट गर्न सक्छ। शास्त्रमा गर्भाधानको लागि शुभ समय, दिन, नक्षत्र र ग्रहहरूको संयोजन पनि वर्णन गरिएको छ। त्यसकारण भाग्यशाली, बलियो र स्वस्थ बच्चाको इच्छा राख्ने जोडीहरूले यस्ता नियमहरूको पालना गर्न अझ बढी आवश्यक हुन्छ।

मनुस्मृति र गरुण पुराण

मनुस्मृति र गरुण पुराणका अनुसार जब महिलाहरू महिनावारी हुन्छन् तब उनी आफ्नो पतिबाट टाढा बसेर पूर्ण रुपमा ब्रह्मचर्यको पालना गर्नुपर्दछ। महिनावारीको पाँचौं दिनमा, महिलाहरु शुद्ध हुन्छिन् र धार्मिक काम गर्न बाहेक, घरेलु जीवनका सबै सुख र आनन्दहरू लिन सक्छिन्। पुराणका अनुसार महिनावारीको आठौं दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त दिन मानिन्छ। यस दिन गर्भमा  बसेका बच्चाहरू निकै नै भाग्यशाली तथा योग्य हुने गर्दछन्। यस बाहेक, चौधौं दिनलाई पनि धेरै शुभ मानिन्छ। यदि यस दिन गर्भधारण हुन्छ भने हुनेवाला बच्चाले उनको परिवारको इज्जत बढाउनुको साथै सम्पूर्ण समाजका लागि एकदम विशेष हुनेछ।

दिन र तिथि

हप्ताका दिनहरूको कुरा गर्दा, गर्भधारणका लागि सोमबार, बुधवार, बिहिबार र शुक्रवारलाई बिशेष दिनहरू मानिन्छ। त्यसै गरि अष्टमी, दशमी र बाह्रौं तिथिलाई पनि निकै शुभ मानिन्छ।  गर्भाधानको समयमा, पुरुष अथवा महिलाको चन्द्र शक्तिशाली छ भने उनीहरुका बच्चा पनि सर्वश्रेष्ठ हुने गर्दछ।

प्रकाशित : बुधबार, असोज १४, २०७७१३:१६

अत्यन्त शुभ मानिन्छ मलामसमा तुलसीको पूजा गर्नु, जान्नुहोस् यसको महत्व !