भोलि वैशाख ८ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईको घर-परिवारमा धार्मिक कार्यको आयोजना हुने देखिन्छ। भोलिको दिनमा तपाईलाई हरेक प्रकारको लाभ मिल्ने देखिन्छ भने तपाईलाई स्वास्थ्यले समेत साथ दिने देखिन्छ। भोलि तपाईको व्यपारिक यात्रा समेत सफल भएर जाने देखिन्छ। उपहार समेत मिल्न सक्ने भोलिको दिनमा प्रेम सम्बन्धले समेत नयाँ रुप लिने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईको निर्धारित कार्य सफल हुने देखिन्छ। भोलि तपाईको पदोन्नतीको योग रहेको छ भने भोलि तपाईलाई आर्थिक मामलामा पनि सफलता मिल्ने देखिन्छ। भोलि उच्च अधिकारीहरूले तपाईंको कामको सराहना गर्नेछन्। महिला मित्रबाट तपाईलाई लाभ मिल्ने देखिन्छ। भोलि तपाईलाई प्रेम जीवनमा समेत सफलता मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईको भाइ-बहिनिसंगको सम्बन्ध सुध्रने देखिन्छ। भोलिको दिनमा धनप्राप्तिको योग देखिन्छ। भोलि तपाईको पहिला नउठेको धन मिल्न सक्ला भने भोलि तपाईको अड्किएको कार्य समेत सुरु हुने देखिन्छ। भोलि मिस्ठान्न भोजन समेत मिल्ने देखिन्छ। स्त्री वर्गबाट विशेष लाभ मिल्ने भोलिको दिनमा तपाईलाई कानुनी सफलता समेत मिल्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईको समाजमा रहेको सम्मान घटना सक्ला। भोलि तपाईले आफ्नो दांपत्यजीवनमा मतभेद रहन सक्ला। भोलि तपाईलाई आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ। परिवारका सदस्यहरुसंगको सम्बन्ध भ्रमित रहन सक्ला। कामको सन्दर्भमा सन्तुष्टि मिल्ने देखिन्छ भने भोलिको दिनमा तपाईको आर्थिक खर्च समेत बढेर जाने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलिको दिन तपाईको यात्रामानै बितेर जाने देखिन्छ भने भोलिको दिनमा वैदेशिक यात्रा गर्नु भएमा लाभ मिल्न सक्ला। भोलि तपाईको धर्म प्रतिको आस्था समेत बढेर जाने देखिन्छ। भोलि तपाईको परिवारको स्वास्थ्यलाई लिएर चिन्ता साथै खर्च समेत बढ्न सक्ला। तर भोलि तपाईको मानसिक स्थिति दुविधापूर्ण रहने दिन परेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाई सरकार विरोधी कार्यबाट टाढा बसेकै उचित रहने देखिन्छ। भोलि तपाईलाई कानुनी झमेला आइलाग्न सक्ने हुँदा सजक रहनु होला। भोलि सकेसम्म घर-जग्गा सम्बन्धी कार्य नगरेकै उचित रहने देखिन्छ। व्यापारमा पनि समस्या देखा पर्ने भोलिको दिन तपाईको भाग्यले साथ नदिने देखिन्छ। ईर्ष्या गर्नेहरूले भोलि तपाईलाई घाटा पुर्याउन सक्लान।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि साहित्य-कलाको क्षत्रमा तपाईको लगाभ मात्र नभई प्रगति पनि बढेर जाने देखिन्छ। भोलि तपाईको अध्ययनमा अअपनी सफलता मिल्न सक्ला भने भोलि तपाईको एस्समिजिक प्रतिष्ठा पनि वृद्धि हुने दिन परेको छ। तर भोलि तपाईले खान-पानमा ध्यान नदिनु भएमा भने पाचन सम्बन्धी समस्याले सताउने देखिन्छ। भोलि आर्थिक संकट जान सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नकारात्मक विचार र उग्र स्वभावको कारण भोलि तपाईको हरेक कार्यमा बाधा पुग्ने देखिन्छ। भोलि तपाईले आफ्नो बोलि,क्रोध साथै व्यवहारमा नियन्त्रण नराख्नु भएमा दुख पाउनु हुने देखिन्छ। भोलि तपाईको कुनै पनि प्रकारको खतरनाक कदमका कारण तपाईले मात्र नभई परिवार साथै सहकर्मीहरुले दुख पाउने हुँदा सजक रहनु होला। भोलि तपाईमा शारीरिक साथै मानसिक रुपमा उत्साहको कमी हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि नयाँ कार्य थालनीको लागि दिन धेरैशुभ रहेको छ। भोलि तपाईको कार्यक्षेत्र साथै कार्यालयमा तपाई अनुरुप समय बित्ने देखिन्छ। भोलि तपाईको समाज,परिवार साथै कार्य स्थलमा परिस्थिति अनुकूल रहने देखिन्छ भने भोलि तपाईलाई आर्थिक लाभ दिलाउनमा परिवारको ठुलै हात रहन सक्ला। भोलि तपाईलाई विदेशबाट शुभ समाचार समेत मिल्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाईमा तन-मनबाटनै स्फूर्ति बढेर जाने देखिन्छ भने भोलि तपाईले सोच्नु भए अनुरुपनै सफलता प्राप्त हुने देखिन्छ। भोलि तपाईलाई विदेशबाट शुसमाचार समेत मिल्ने देखिन्छ। अज तपाईको पहिला नउठेको धन समेत उठ्न सक्ला। भोलि सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ। धर्ममा अस्थ बढेर जाने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईको धनहानि नहिस भन्नको लागि सावधान रहनु होला। भोलि तपाइको अनावश्यक खर्च बढेर जाने देखिन्छ भने भोलि तपाईको अर्थहीन कार्यमा समय मात्र नभई धन पनि खर्च हुन सक्ला। भोलि परिवारको स्वास्थ्यले तपाईलाई सताउन सक्ला। भोलि तपाईको अध्ययनमा पनि सफकता मिल्न गार्है पर्ने द्देखिन्छ। स्रोतसाधनको कमि महसुस रहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि परिस्थितिअनुसार चल्न नसक्ता दु:ख मिल्न सक्ला। भोलि तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु होला भने भोलि धेरै विश्वास गर्दा धोका पनि मिल्न सक्ला। भोलि तपाई कानुनी कार्यबाट पनि टाढा रहनु होला। दुविधाको अवस्थाका कारण भोलि तपाई निर्णय गर्न असमर्थ रहनु हुने देखिन्छ। कलहबाट टाढा रहनु होला।

प्रकाशित : शनिबार, बैशाख ०७, २०७६१४:०५

आफन्तको विवाहमा जाने क्रममा इन्जेक्सन लगाई ७ जना मिलेर बलात्कार ! ६ जना पक्राउ, १ फरार !