मेस्सीको खुसी मेरो हातमा छैन

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनेल मेस्सीको खुशी आफ्नो हातमा नभएको भनेका बताएका छन्। तर अर्जेन्टिनीले क्लबसँगको विवाद समाप्त गर्न चाहेको कुरा सुनेर आफू निकै खुशी रहेको कुरा उनले स्वीकार गरे।

मेस्सीले आफूलाई क्लबमा बस्न बाध्य तुल्याइएको र सुआरेज प्रति क्लबले गरेको व्यवहार प्रति निराशा व्यक्त गरेका थिए। तर डाएरियो स्पोर्टसँगको एक अन्तर्वार्तामा ३३ वर्षीय मेस्सीले भने कि उनी र क्लब बीचको “असहमति” र विवादलाई समाप्त गर्न चाहन्छन्।

बुधबारको एक प्रेस सम्मेलनमा कोमनले मेस्सीको उक्त भनाई प्रति आफ्नो अभिव्यक्ति दिएका छन्। उनले भने,””मलाई लाग्दैन कि मेस्सीको उक्त शब्द पछि मैले बार्सिलोनाका प्रशिक्षकको रूपमा शान्त जीवन प्राप्त गर्नेछु। मलाई कतै त्यस्तो लाग्दैन। तर पक्कै पनि यो एकदमै सकारात्मक कुरा हो कि कप्तानले सबैलाई एकजुट हुन आग्रह गरेका छन्।” “यो निकै सकारात्मक हो र आशा छ कि सबै चीज शान्त हुँदै जानेछ।” कोमनले बताए।

कोमनलाई बार्सिलोनामा मेस्सी खुसी रहेको वा नरहेको बारेमा पनि प्रश्न गरिएको थियो। जसको उत्तरमा कोमनले जावफ दिए,”यो कुरा मेरो हातमा छैन। प्रशिक्षकको रूपमा हामीले उनको लागि अझ राम्रो टोली बनाउनुपर्नेछ, जहाँ उनी सधैं झैँ चम्किन सकुन्, र सधैं झैँ आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकुन् जुन उनले वर्षौं देखि यो क्लबमा गर्दै आएका छन्।”

“मैले यी चार हप्तामा देखेको छु कि ऊ फुटबलको लागि जिउने खेलाडी हो, प्रशिक्षण खेलहरूमा पनि उनी जित्नको लागि सबैकुरा गर्छन् र मलाई लाग्छ कि खेल जित्नु नै उनलाई खुसी राख्नु उत्तम उपाय हो।” कोमनले भने।

प्रकाशित : बिहिबार, असोज १५, २०७७१४:४१

च्याम्पियन्स लिग ड्र: मेस्सी र रोनाल्डो पहिलो पटक समूह चरणमै भिड्दै !