मंगलले बदल्दै छ आफ्नो चाल, यी राशिको लागि हुनेछ अत्यन्त शुभ !

मंगल ग्रह ४ अक्टोबरको दिन मीन राशिमा वक्री हुँदैछ। मंगल ग्रहको प्रतिगामी चालको अवधि कुल ४८ दिन हुनेछ। मंगल ग्रह मीन राशिमा वक्री हुनाले सबै १२ राशिमा प्रभाव पर्नेछ।

मेष राशि 

स्वास्थ्यको हिसाबले यो समय तपाईंको लागि राम्रो हुनेछैन। कार्यक्षेत्रमा थुप्रै चुनौतीहरू आउने सम्भावना छ। साहसको साथसाथ धैर्यता साथ काम गर्नुपर्दछ। वैवाहिक जीवनमा उतार-चढावहरू हुन सक्छन्।

वृष राशि 

आर्थिक चुनौतिहरूको सामना गर्नुपर्ने हुन सक्छ। कार्य सफलता मिल्न विलम्व हुनसक्छ। यद्यपि भूमि सम्बन्धी मामलामा नाफा हुने सम्भावना छ। क्रोधमा संयम राख्न जरूरी देखिन्छ।

मिथुन राशि 

कार्यक्षेत्रमा विभन्न समस्याहरूको सामना गर्नु पर्नेछ। अफिसमा उच्च पदाधिकारीसँग मनमुटाव हुन सक्छ। नोकरी क्षेत्रमा समस्याहरू बढ्न सक्छ। व्यापारमा परिवर्तन हुन सक्छ। बुबाको स्वास्थ्यको ख्याल राख्नुहोस्।

कर्कट राशि 

तपाईंको लागि मंगलको वक्री प्रतिकूल फल दिनेछ। यस अवधिमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आर्थिक स्थितिको सम्बन्धमा मनमा निराशा रहनेछ।

सिंह राशि 

तपाईंले मिश्रित परिणामहरू प्राप्त गर्नुहुनेछ। यो समयमा अप्रत्याशित लाभहरू मिल्न सक्छन्। रहस्यमय चीजहरू तर्फ ध्यान जानेछ। पैतृक सम्पत्तीको सम्बन्धि केहि हानि हुन सक्छ।

कन्या राशि 

वैवाहिक जीवनमा समस्या आउन सक्छ। यस समयमा कसैसँग साझेदारीमा व्यापार गर्नु शुभ हुनेछैन। कसैसँग मिलेर नयाँ काम सुरु गर्नु पनि राम्रो हुँदैन। आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्।

तुला राशि 

स्वास्थ्य सुधार आउनेछ। यस समयमा अचल सम्पति बढ्ने सम्भावना पनि छ। व्यापार अस्थिर स्थितिमा रहनेछ। अग्रज व्यक्तिसँग सम्बन्ध बिग्रन सक्छ। दुश्मनको संख्या बढ्न सक्छ।

वृश्चिक राशि 

प्रेम सम्बन्धको लागि परिस्थिति अनुकूल छैन। प्रेमी वा जीवनसाथीसँग मतभेद हुन सक्छ। यस समयमा खर्च बढ्ने सम्भावना छ।  शिक्षा क्षेत्रमा समय अनुकूल रहने देखिँदैन।

धनु राशि 

खुशी कम हुन सक्छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। यस अवधिमा आमाको स्वास्थ्यमा समस्या आउनसक्छ वा आमासँग कुनै कुरामा मनमुटाव हुने सम्भावना छ।

मकर राशि 

तपाईंको साहस र पराक्रममा कमी आउनेछ। मनमा कुनै चीजको बारेमा डर रहनेछ। भाई-बहिनीसँग झै-झगडाको स्थिति आउनसक्छ। समझदारीका साथ कार्य गर्नुहोस्।

कुम्भ राशि 

पैसा बचत गर्न गाह्रो हुनेछ। वाणीमा संयम राख्नुहोला। परिवारका सदस्यहरू बीच झै-झगडा हुनसक्छ। व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ।

मीन राशि 

यस अवधिमा मानसिक अस्वस्थताको अनुभव हुनेछ। वैवाहिक जीवनमा मदभेद हुनसक्छ। कार्यक्षेत्रमा पनि चुनौतीको सामना गर्नु पर्न सक्छ।

प्रकाशित : बिहिबार, असोज १५, २०७७१४:३९

अक्टोबर महिनामा यी ४ ग्रहले गर्दैछन् राशि परिवर्तन, कस्तो रहला त प्रभाव ? जान्नुहोस् !