काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छड्के जाँचका क्रममा पाँच हजार नगद घुस सहित नायब सुब्बालाई पक्राउ गरेको छ ।
सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मारी घुस लिँदालिँदै नायब सुब्बा र लेखनदासलाई रंगेहात पक्राउ गरेको हो ।
बर्दीवास महोत्तरीद्वारा खटिएको अख्तियारको टोलिले सोमबार दिउँसो करिब १ बजे मालपोत कार्यालयमा छड्के जाँच गरि सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका – ३ घर भएका ४२ वर्षीय राजवंशी चौधरीलाई नियन्त्रणमा लिएको हो ।
घुससहित पक्राउ परेका दुवैमाथि थप अनुसन्धान गरि कारबाहीको प्रकृया अघि बढाइने अयोगले जनाएको छ ।