सुन्दा अचम्म लाग्न सक्छ कि दुई वर्ष अघि हराएको मानिस समुद्रमा तैरिरहेको अवस्थामा जीवित भेटियो भन्दा। तर कोलम्बियामा एक यस्तै घटना घट्यो। दुई वर्ष अघि हराएकी एक कोलम्बियाली महिला शनिबार समुद्रमा तैरिरहेको अवस्थामा जीवितै भेटियो। द सनको एक रिपोर्ट अनुसार एल्जेलिका गाइटान नामक एक महिला कोलम्बियाको समुद्रीतटमा तैरिरहेको अवस्थामा फेला परिन्।
४६ बर्षे उक्त महिलालाई रोलान्डो भिस्बल नामक मछुवा र उनको साथीले भेट्टाए। उनलाई बिहान 6 बजेतिर पुर्टो कोलम्बियाको किनारबाट करिब दुई किलोमिटर टाढा भेटियो। समुन्द्रमा तैरिरहेको अवस्थामा ती दुई मछुवाले उनलाई उद्दार गरेका हुन्। उनको उद्दार गरिसकेपछि उनको मुखबाट जे कुरा निस्कियो त्यो सुनेर सबै चकित भए।
कथित रूपमा, उनको उद्धार पछि उनका पहिलो शब्दहरू थिए, “म नयाँ जन्म लिएको हुँ, भगवान म मरेको हेर्न चाहनुहुन्न।” उनको यो कुरा सुनेर सबै नै चकित हुनु कुनै नौलो कुरा हैन।
पहिचान भएपछि यो कुरा पत्ता लाग्यो कि उनी माथि आफ्ना पूर्व पतिबाट वर्षौं घरेलु दुर्व्यवहार भइरहेको थियो र २०१८ मा घरबाट भाग्ने निर्णय गरिन्। उनले आरसीएन रेडियोलाई भनिन्, “२० बर्षदेखि मेरो श्रीमानसँगको सम्बन्ध नराम्रो चलिरह्यो। पहिलो गर्भावस्था देखि मा प्रति दुर्व्यवहार शुरु भयो। म माथि कुट्ने पिट्ने जस्ता दुर्व्यवहार हुन्थ्यो । दोस्रो गर्भावस्थामा पनि दुर्व्यवहार जारी रह्यो तर पनि मैले केहि गर्न सकिन किनभने मेरा बच्चा सानै थिए।”
उनले भनिन् कि सेप्टेम्बर २०१८ मा उनको श्रीमानले उनलाई मार्न खोजेका थिए। त्यसपछि उनले घर छाडेर हिडिन्। बस्नको लागि क्यामिनो डी फे रेस्क्यु सेन्टर भेट्नु अघि उनले ६ महिना सडक मै बिताइन्।
त्यसपछि, आफूलाई बाच्ने मन नलागेर समुन्द्रमा हाम फालेको कुरा उनले बताइन्। उनले भनिन्,” मलाई बाच्न मान्न लागेन। त्यसैले समुन्द्रमा हाम फालें। त्यसपछिको केहि कुरा मलाई याद छैन।”
अहिले उनलाई उनकी छोरी अलेजेन्ड्रा कास्टिब्लान्कोको जिम्मा लगाइएको छ। कास्टिब्लान्को र उनकी बहिनीले अब उनीहरुको आमालाई राजधानी बोगोटा ल्याउन पैसा संकलन गरिरहेका छन् जहाँ उनलाई “परिवार द्वारा हेरचाह गर्न सकिन्छ”।