अक्टोबरमा जन्मेका मानिसमा हुन्छन् यस्ता गज्जबका खुबी !

अक्टोबर महिना जन्मेका मानिसहरू धेरै चलाख हुन्छन्। उनीहरुको व्यक्तित्वमा फरक आकर्षण हुन्छ। प्रारम्भिक समयमा यिनीहरुको व्यक्तित्व त्यति खास हुँदैन तर यिनीहरुको छवि उमेरसँगै बलियो हुँदै जान्छ। अक्टोबर महिनामा जन्मेका व्यक्तिहरूको व्यक्तित्व कस्तो हुन्छ त ? जान्नुहोस्…

आकर्षक र प्रभावशाली 

यस महिनामा जन्मेका व्यक्तिको व्यक्तित्व सबैलाई प्रभावित गर्ने किसिमको हुन्छ। तिनीहरूसँग रहँदा मानिसहरूलाई सकारात्मकता महसुस हुन्छ। यिनीहरु निकै उर्जावान हुन्छन्। यिनीहरुको बलियो तथा प्रभावकारी व्यक्तित्वका कारण धेरै व्यक्तिहरू यिनीहरुको डाह पनि गर्छन्।

सम्बन्धको मामलामा पर्फेक्ट 

अक्टोबरमा जन्मेका मानिसहरूलाई यदि कोहि मानिस मन पर्यो भने आफ्नो भावना व्यक्त गर्न धेरै समय लगाउँदैनन्। यिनीहरु, प्रेम सम्बन्ध होस् या वैवाहिक सम्बन्ध, पर्फेक्ट पार्टनर बन्छन्। आफ्नो सम्बन्धलाई सुदृढ बनाउनको लागि हर प्रयास गर्छन्।

भावना नियन्त्रण

यिनीहरु राम्रोसँग जान्दछन् कि कुन परिस्थितिमा आफ्ना भावनाहरू व्यक्त गर्नु पर्छ भनेर। यिनीहरु न त आफ्नो क्रोध अरूको अगाडि देखाउँछन् न त कसैलाई छिटो जज गर्छन्। यी मानिस अरुको परिस्थिति बझ्दछन्।

सत्यको साथ दिन्छन् 

यिनीहरुमा ईमानदारीको गुण हुन्छ। यी मानिस सत्यलाई समर्थन गर्न कहिले पनि पछि हट्दैनन्। यिनीहरु आफू जस्तै अरुबाट पनि ईमानदारीताको आश गर्छन्।

खर्चालु 

यो महिना जन्मेका मानिसहरूले सबै कुरामा विचारशील कदमहरू चाल्दछन्, तर पैसाको मामिलामा धेरै लापरवाह बानी हुन्छ। यिनीहरु पैसा खर्च गर्ने कुरामा धेरै सोच्दैनन्। यिनीहरु आफ्नो लागि खर्च गर्नुको अलावा आफ्ना साथीको लागि पनि धेरै खर्च गर्छन्। यिनीहरुको यस बानीको कारण धेरै पटक धूर्त मानिस फाइदा लिन्छन्।

विश्लेषण गर्ने गुण 

यस महिनामा जन्मेका मानिसहरूसँग परिस्थितिको विश्लेषण गर्न सक्ने क्षमता हुन्छ। यिनीहरुको यहि गुणको कारण हरेक समस्याहरूको समाधान फेला पार्दछन्।

प्रकाशित : बिहिबार, असोज १५, २०७७१४:३४

समुन्द्रमा हाम फालेकी महिला २ वर्षपछि फेला परिन्, होसमा आएपछि जे बोलिन् सबै चकित परे !