च्याम्पियन्स लिग ड्र: मेस्सी र रोनाल्डो पहिलो पटक समूह चरणमै भिड्दै !

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो २०२०-२१ सिजनको च्याम्पियन्स लिगको समूह चरण मै एक-अर्कासँग भिड्ने भएका छन्। गयराती भएको ड्रमा बार्सिलोना र यूभेन्टस एउटै समूहमा परेपछि यी दुई माहान खेलाडी आमने-सामने हुने भएका हुन्। ग्रुप जीमा यूभेन्टस र बार्सिलोनासँगै डाइनामो किभ र फेरेन्कभारोस रहेका छन्।

त्यस्तै, गत सिजनको विजेता बार्यन म्युनिख ग्रुप एमा एथ्लेटिको म्याड्रिडसँग भिड्ने पक्का भएको छ। यस सिजनको ग्रुप अफ डेथ मानिएको ग्रुप एचमा गत सिजनको फाइनलिस्ट पिएसजी, म्यानचेस्टर युनाईटेड, आरबी लाइपजिग र इस्तानबुल बासाकेहिर छन्।

समूह चरणको पूरा ड्र

ग्रुप ए: बार्यन म्युनिख, एथ्लेटिको म्याड्रिड, साल्सबर्ग र लोकोमोटिभ मस्को

ग्रुप बी: रियल म्याड्रिड, साक्टर डोनेस्क, इन्टर मिलान र बोरुसिया मोन्चेनग्लादब

ग्रुप सी: पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेल

ग्रुप डी: लिभरपुल, आज्याक्स, इटालान्टा र मिट्जील्याण्ड

ग्रुप ई: सेभिल्ला, चेल्सी, क्रासनोडर र रेन्ने

ग्रुप एफ: जेनिथ सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजिओ र क्लब ब्रुज

ग्रुप जी: यूभेन्टस, बार्सिलोना, डाइनामो किभ र फेरेन्कभारोस

ग्रुप एच: पिएसजी, म्यानचेस्टर युनाईटेड, आरबी लाइपजिग र इस्तानबुल बासाकेहिर

रोनाल्डो भर्सेस मेस्सी
यी दुई बीचको भिडन्त विगत एक दशकदेखि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्छ। र अब मेस्सी र रोनाल्डो फेरि एकपल्ट च्याम्पियन्स लिगमा एक-अर्का विरुद्ध भिड्ने छन्। यसअघि यी दुई बीच ३५ पटक प्रतिस्पर्धात्मक भिडन्त भइसकेको छ, जसमा मेस्सी १६ पटक विजयी भए भने रोनाल्डोले १० पटक मेस्सीको टोलीलाई हराएका छन्। ९ खेल बराबरीमा टुंगिएको थियो।

च्याम्पियन्स लिगको समूह चरणमा भने यी दुई पहिलो पटक एक-अर्का विरुद्ध खेल्ने भएका हुन्। च्याम्पिनस लिगको खेलमा यी दुई खेलाडी यो भन्दा पहिले ३ पटक आमने-सामने भएका छन्। २००७-०८ को सेमी फाइनलमा रोनाल्डोको म्यानचेस्टर यूनाइटेडले मेस्सीको बार्सिलोनालाई समग्रमा १-० ले पराजित गरेको थियो भने २००८-०९ को फाइनलमा मेस्सीको गोलमा बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडलाई २-० ले पराजित गर्दै उपाधि जितेको थियो।

त्यसपछि, २०१०-११ सिजनको सेमी फाइनलमा बार्सिलोना र रियल म्याड्रिड बीचको खेल नै च्याम्पियन्स लिगमा यी दुईको अन्तिम भिडन्त थियो, जसमा बार्सिलोना समग्रमा ३-१ ले विजयी भएको थियो।

यस बर्षको समूह चरणका खेलहरु २० अक्टोबर मंगलबारबाट सुरु हुँदैछ भने २९ मे २०२१ मा इस्तानबुलको एटाटर्क स्टेडियममा फाइनल खेल हुनेछ।

प्रकाशित : शुक्रबार, असोज १६, २०७७१४:१०

हामी मानिसले सोचे भन्दा बलियो र उत्कृष्ट छौं…