व्यापार व्यवसायमा आउने समस्याको राशि अनुसार यसो गर्नुहोस् !

हाम्रा अनेक समस्याका हाल ज्योतिषशास्त्रमा वर्णन गरिएको छ। यदि तपाईंले व्यापार व्यावसाय क्षेत्रमा चुनौतीको समान गर्नु परिरहेको छ भने पनि राशि अनुसार उपाय ज्योतिष शास्त्रमा बताइएको छ। यी उपाय गर्नाले तपाईंको समस्या समाधान हुनेछ। ज्योतिषमा कुण्डलीको दशौं भावले कार्यको क्षेत्रलाई जनाउँछ। त्यस्तै, शनिलाई कर्मफलदाता मानिन्छ। जबकि सूर्य ग्रहलाई सरकारी सेवा, काम, उच्च पद आदिको कारक मानिन्छ। यस अवस्थामा कुण्डलीमा दशौं भाव, सूर्य देव र शनि मजबूत गर्नु पर्छ।

यस्तोमा, व्यापार व्यवसाय क्षेत्रमा रहेका समस्या दूर गर्नको लागि राशि अनुसार के कस्ता उपाय गर्न पर्छ त ? जान्नुहोस्…

मेष राशि 

मंगलबार गरीब वा अभावग्रस्तलाई खाना खुवाउनुहोस्। यस दिन रातो रंग प्रयोग गर्नुहोस्।

वृष राशि 

सोमबारको दिन भगवान शिवलाई खीर चढाउनु पर्छ। त्यसपछि,खीर प्रसादको रूपमा मानिसमा वितरण गर्नुपर्दछ।

मिथुन राशि 

बुधवारको दिन हरियो रंगको वस्त्र दान गर्नुहोस्। यदि सम्भव छ भने, हरेक बुधवार यो उपाय गर्नुहोस्।

कर्कट राशि 

यस राशिका मानिसले चन्द्र देवको पूजा गर्नु पर्छ। सोमबार गरीबहरूमा सेतो मिठाई वितरण गर्नुहोस्।

सिंह राशि 

सिंह राशि हुनेले सूर्य भगवानको पूजा गर्नुपर्दछ। यस दिन पहेंलो, रातो वा सुन्तला रंगको फल भोजन गर्नुहोस्।

कन्या राशि 

बुधवार ८ बर्ष भन्दा कम उमेरका कन्यालाई खाना खुवाउनुहोस् वा केहि उपहार दिनुहोस्। हरियो कपडा दान गर्नु शुभ हुनेछ।

तुला राशि 

भगवान शिवको साथै चन्द्रदेवको पनि पूजा गर्नुपर्दछ। बिहान उठ्ने बित्तिकै केही सेतो रंगको खानेकुरा खानुहोस्।

वृश्चिक राशि 

यस राशि हुने मानिसले हातमा रातो रंगको धागो बाध्नुहोस्। मंगलबारको दिन चराहरूको लागि अन्न-पानीको व्यवस्था गर्नुहोस्।

धनु राशि 

हातमा सँधै पहेंलो रंगको धागो लगाउनुहोस्। भगवान विष्णुको पूजा गर्नुहोस्। बिहीबार मन्दिरमा पहेंलो रंगको रुमाल दान गर्नुहोस्।

मकर राशि

मकर राशि हुने मानिसले कुष्ठ रोगीहरूको सेवा गर्नुहोस्। शनिबारको दिन गरिब मानिसलाई कालो दाल र कालो कपडा दान गर्नुहोस्।

कुम्भ राशि 

दैनिक शनिदेवको पूजा गर्नुहोस्। प्रत्येक शनिबार शनिदेवको मन्दिरको सर-सफाई गर्नुहोस्।

मीन राशि 

बिहीबारको दिन व्रत राख्नुहोस्। भगवान विष्णुको पूजा गर्नुहोस्। पहेंलो खाना दान गर्नुहोस्। हातमा पहेंलो धागो लगाउनुहोस्।

प्रकाशित : आइतबार, असोज १८, २०७७२१:०१

आफ्नो लक्की नम्बर कसरी थाहा पाउने ? यस्तो छ जन्म मिति अनुसार लक्की नम्बर थाहा पाउने तरिका