कागतीको सेवन स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। कोरोना कालमा कोरोना भाइरसबाट सुरक्षित हुनको लागि रोग प्रतिरक्षा प्रणालीलाई मजबूत राख्न सल्लाह दिइन्छ। रोग प्रतिरोधात्मक प्रणालीलाई सुदृढ पार्न कागतीको प्रयोग गर्न सकिन्छ। कागतीको सेवनले धेरै प्रकारका रोगहरूबाट बच्न सकिन्छ। आज हामी तपाईलाई कागतीको फाइदाको बारेमा बताउनेछौं। जान्नुहोस् कागतीको सेवन गर्नुका फाइदा…
मजबूत पाचन प्रणाली
कागतीको सेवनले पाचन प्रणाली मजबूत बनाउँदछ। पाचन प्रणालीलाई सुदृढ पार्न आफ्नो आहारमा कागती समावेश गर्नुहोस्। कागतीको सेवनले पाचनसँग सम्बन्धित समस्याबाट छुटकारा पाउन सकिन्छ।
थकान दूर गर्न
थकान कम गर्न पनि कागती लाभदायक हुन्छ। यसको लागि एक गिलास पानी लिनुहोस् र यसमा कागतीको रस मिलाउनुहोस्। यस मिश्रणको सेवन गरेर थकान दूर हुनेछ। दिनहुँ कागती पानी सेवन गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ।
रुघा-खोकी
रुघा-खोकी, चिसो लाग्नु जस्ता संक्रामक रोगहरूबाट सुरक्षित रहनको लागि कागतीको सेवन गर्नुहोस्। कागतीको दैनिक सेवन गर्नाले खोकी र चिसोजस्ता समस्याको जोखिम कम गर्दछ।
मजबूत रोग प्रतिरोधात्मक क्षमता
कागतीको सेवनले रोग प्रतिरोध क्षमता मजबूत हुन्छ। कागतीमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट तत्व हुन्छ जसले प्रतिरक्षा क्षमता मजबूत राख्न मद्दत गर्दछ। कागतीको रस सेवन गर्नु स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ।