प्रधानमन्त्रीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका चार जना सल्लाहकारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शनिबार आएको पिसिआर रिपोर्टले ओलीका चार जना सल्लाहकारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ओलीका चार सल्लाहकारमा कोरोनाको पुष्टि भएको बताइएको छ।

कोरोना पुष्टि पश्चात सल्लाहकारहरुले सामाजिक संजाल मार्फत जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित : शनिबार, असोज १७, २०७७१७:४६

दुई हजार बढी सङ्क्रमित थपिए !