कोरोनाले लियो ५ दिने नवजात शिशुसहित थप ७ जना ज्यान !

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट बितेको २४ घण्टामा ७ जनाको ज्यान गएको छ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा पाँच दिने नवजात शिशुसहित थप ७ जनाको ज्यान गएको हो।

चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला, काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुष र मकवानपुरमा ५ दिने बालिकाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जससँगै ज्यान गुमाउने संक्रमितको संख्या ५ सय ३५ पुगेको छ।

काठमाडौं उपत्यकामा १५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

आइतबार काठमाडौं उपत्यकामा १५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ५ सय ९९ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १ हजार ३ सय ७३ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर २२५३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार देशभर २  हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३  पुगेको छ।

पछिल्लो २४ घण्टामा  १२ हजार ७ सय ८४  जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  २२ हजार २ सय १९ छ। यस्तै ४ हजार २ सय ३  जना क्वारेन्टिनमा छन्।

प्रकाशित : आइतबार, असोज १८, २०७७१७:३०

कोरोना संक्रमणमा नेपालले एकैदिन जापान-चीनलाई उछिन्यो !