एजेन्सी – पछिल्लो समय हामीहरु सामाजिक संजाल तथा इन्टरनेटको प्रयोग नगरी बस्ने नसक्ने हुँदै गएका छौँ। समय सँगै मानिसहरुमा सामाजिक संजाल तथा इन्टरनेटको लत बढ्दै गइरहेको अवस्था छ।
हामीमा सामाजिक संजाल तथा इन्टरनेटको यस्तो लत परिसकेको छ की हामी अहिले सामाजिक संजाल तथा इन्टरनेट बिना बस्नै सक्दैनौं। यस लतले विशेषतः युवा वर्गलाई गाँजेको छ। यधपी सामाजिक संजालको लतबाट अन्य उमेर समूहका मानिसहरु पनि टाढा रहन भने सकेका छैनन्।
पछिल्लो समय मानिसहरुलाई इन्टरनेट तथा सामाजिक संजालको लतबाट कसरी टाढा राख्ने भन्ने विषयमा अनुसन्धान तथा छलफल हुन थालेका पनि छन्। तर, मानिसहरुले यस प्रकारको लतबाट टाढा रहन खासै प्रयास भने गरेको देखिँदैन।
यसरी बीच सामाजिक संजालको लतकै विषयसंग सम्बन्धित एक वैवाहिक विज्ञापन सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त वैवाहिक विज्ञापनमा जे छ त्यसबारे सामाजिक संजालमा अनेक मजेदार टिका-टिप्पणी भइरहेको छ।
के छ वैवाहिक विज्ञापनमा?
एक वधुको खोजिमा छापिएको उक्त विज्ञापनमा वकिल समेत रहेका एक सुन्दर केटालाई वधुको आवश्यकता रहेको उल्लेख गरिएको छ। त्यहाँ वधुमा हुनुपर्ने विभिन्न गुणहरु बारे पनि प्रष्ट पारिएको छ। सामान्ययता एक वधुमा हुनुपर्ने गुणहरुका अलावा एक फरक गुण पनि त्यहाँ उल्लेख गरिएको छ। त्यो फरक गुण के हो भने – ‘सामाजिक संजालको लत’। त्यस विज्ञापनमा सामाजिक संजालको लत नभएकी वधु चाहिएको भनिएको छ।
“एक योगी, सुन्दर, कुनै लत नभएको उच्च अदालतमा वकिल तथा अन्वेषकलाई वधु चाहियो। वधु सुन्दर, अग्ली र पातली हुन पर्नेछ। साथै सामाजिक संजालको लत नभएको हुन पर्नेछ”,विज्ञापनमा भनिएको छ।