नायिका तमन्ना भाटियालाई कोरोना !

एजेन्सी – बलिउड तथा दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित नायिका तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

तमन्ना भाटियामा कोरोना भाइरसको संक्रमण रहेको आइतबार पुष्टि भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। कोरोना देखिएपछि मन्ना बैंलोरको एक निजी अस्पतालमा भर्ना भएकी छन्।

पछिल्ला केहि दिनमा कोरोनाका लक्षण देखिएपछि शंका लागेर उनले कोरोना परीक्षण गराएकी थिइन्। तमन्नामा कोरोनाका सामान्य लक्षण देखिएको बताइएको छ।

बताइएअनुसार उनी पछिल्लो समय तमन्ना हैदरावादमा एक वेब सिरिजको सुटिङ गरिरहेकी थिइन्। उनलाई सोहि क्रममा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

 

गत महिना उनका आमाबुवालाई पनि कोरोना देखिएको थियो। त्यससमय उनीमा भने कोरोनाको पुष्टि हुने सकेको थिएन। अहिले उनका आमाबुवा कोरोना मुक्त भइसकेका छन्।

प्रकाशित : सोमबार, असोज १९, २०७७१४:२३

अनुगमन टोली पुगेपछि कालीमाटीमा भागाभाग !