पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज २ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

आज १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४  सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा  १ हजार १ सय ३३  जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएसंगै हालसम्म निको हुनेको संख्या ६५ हजार २ सय ०२ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ छ।

यस्तै देशभर ११ हजार १ सय ९१ संस्थागत आइसोलेशन  र १२ हजार ३ सय १६ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप १९ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ५५४  पुगेको छ।

प्रकाशित : सोमबार, असोज १९, २०७७१६:२७

उपत्यकामा १५ सय भन्दा बढी संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]