यी हुन् प्रदेश ५ को बैठकमा तोडफोड गर्ने कांग्रेसका तीन सांसद

काठमाडौँ – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको हो। कांग्रेसको विरोध पछि सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको घोषणा गरे।

नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्ने बताएपनि बसेको बैठकका क्रममा कांग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका छन्।

कांग्रेसको अवरोधका बाबजुत आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेपछि कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका हुन्। कांग्रेस सांसद वसिउद्दिन खा, रूपन्देहीका सांसद अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथले संसद भित्रै तोडफोड गरे।

कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ भने प्रदेश राजधानी सार्ने निर्णय फिर्ता लिन नेकपालाई आग्रह गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले भने सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएका छन्।

बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय गरेको बताइएको छ ।

प्रकाशित : सोमबार, असोज १९, २०७७१७:०६

थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु !