“कुर्सी तोडफोड गर्ने कांग्रेसको नीति र संस्कृति होइन” – कांग्रेस प्रवक्ता !

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएका छन्।

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेको विषय बारे टिप्पणी गर्दै शर्माले यस्तो बताएका हुन्।

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए। कांग्रेसको अवरोधका बाबजुत आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेपछि कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका थिए।

प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत रहेको शर्माको भनाई छ। कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको उनको स्पष्ट पारेका छन्।

“प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन।”,शर्माले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : सोमबार, असोज १९, २०७७१९:५७

डा.केसीको अवस्था गम्भीर: ‘थोरै भन्दा बोल्न सक्दैनन्, पल्टिरहँदा पनि रिङ्गटा’