गाउँगाउँमा म्याद गुज्रेका सामान !

वीरेन्द्रनगर – दसैं नजिकिँदै गर्दा व्यापारीले खान अयोग्य म्याद नाघेका दैनिक उपभोग्य सामग्री गाउँ पठाउन थालेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

विश्वभरि फैलिएको कोभिड–१९ न्यूनीकरण गर्न लामो समयको बन्दाबन्दी र बेलाबेला लागेका निषेधाज्ञाले बिक्री नभएका त्यस्ता सामान व्यापारीले गाउँ पठाउन थालेका हुन्।

खान अयोग्य सामग्री गाउँमा छ्यापछ्याप्ती पाइन थालेपछि सर्वसाधारण चिन्तित भएका छन्। खान अयोग्य वस्तुलगायत दैनिक उपभोग्य सामग्री प्रयोग हुँदा स्वास्थ्यमा असर पर्ने डर छ।

लकडाउन र बेलाबेला भएको निषेधाज्ञाका बेला बिक्री नभएका सामान व्यापारीले गाउँ पुर्याउन थालेको वीरेन्द्रनगर–१५, रतुकी गीता चपाइँले बताइन्।

‘यतिबेला म्याद गएका सामान गाउँमा देखिन थालेका छन्,’ उनले भनिन्, ‘कतिपय सामानको म्याद हेरेर प्रयोग गर्छाैं भने केही सामानको म्याद नहेरेरै प्रयोग गर्छौं।’

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७०९:०८

कांग्रेस र जसपाका सांसदद्वारा तोडफोड, रोष्टमबाटै मन्त्रीले दिए घिसारेर निकाल्न आदेश !