प्रदेश राजधानी प्रकरणले नेकपामा पहिरो, २ हजार भन्दा बढीले नेकपा परित्याग गरे !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सदस्य रहेका रुपन्देहीका दुई हजार भन्दा बढी व्यवसायीहरूले नेकपा पार्टी परित्याग गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै २ हजार ३ सय व्यवसायीहरूले कपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन्।

रुपन्देही क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा आवद्ध २ हजार ३ सयले सोमबार नेकपाको पार्टी सदस्यबाट राजीनामा दिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले बताए।

प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश गरेर र त्यसको पक्षमा मतदान गर्न ह्विप जारी गरेर पार्टीले आफूहरुको मतको अवमूल्यन गरेको उनको भनाई छ।

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने उनले बताए।

साथै नेकपा पार्टीले आफूहरुलाई धोका दिएको पनि व्यवसायीहरूले बताएका छन्। आफूहरुले प्रदश सरकारको स्थायित्वका लागि भौतिक संरचना उपलब्ध गराएपनि त्यसको अवमूल्यन भएको व्यवसायीहरूले बताए।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१२:४७

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण, सामान्य लक्षण पनि देखियो !