सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण, सामान्य लक्षण पनि देखियो !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी शान्त चौधरीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

सोमबार गरेको पीसीआर परीक्षणबाट उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो। नेकपा संसदीय दलकी सचेतक समेत रहेकी चौधरीले आफूलाई कोरोना भाइरसको संक्रमण रहेको सामाजिक संजाल मार्फत जानकारी दिएकी छन्।

सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

साथै उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको पनि जानकारी गराएकी छन्।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१४:१७

गोसाइँकुण्डको जाने बाटोमा खुल्न थाले होटेल र लज, सहज हुने भयो यात्रा !