यस्ता खालका स्त्रीका निम्ति आफ्नै पति नै हुन्छन् शत्रु

एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्ध समझदारीमा टिकेको हुन्छ । समझदारीको अभाव भो भने यो सम्बन्ध टुट्न पनि बेर लाग्दैन । पति पत्नी दुवैले आफ्ना कर्तव्य बुझेनन् भने परिवारमा कलह हुन्छ र अशान्ति हुन्छ ।

चाणक्यले आफ्नो नीति शास्त्रमा कुनै पनि पत्नीका लागि कसरी आफ्नै पति दुश्मन बन्न सक्छन् भनेर चर्चा गरेका छन् ।

चाणक्य शास्त्रमा चाणक्यले भन्छन्ः लुब्धानां याचक: शत्रु: मूर्खाणां बोधको रिपु:। जारस्त्रीणां पति: शत्रुश्चौराणां चंद्रमा: रिपु:।। भावार्थ:- कुनै पनि चरित्रहिन महिला, जो परपुरुषसँग नजिकिन्छे र उसको पतिलाई मायाँ गर्दिन त्यस्ता महिलाका लागि पति शत्रु समान हुन्छ । यस्ता हर्कत गर्ने स्त्रीलाई पति नै शत्रु लाग्छ ।

यति पति वा पत्नी दुवै नैखराब चरित्रका छन् र चरित्रहिन काम गरिरहेका छन् भने यस्तो परिवारमा शान्ति हुँदैन । पतिले गरेको गल्ती पत्नीले भोग्नु पर्छ भने पत्नीले गरेको गल्ती पतिले ।

लोभीको शत्रु मगन्ते
लोभी व्यक्तिका लागि धन सबैभन्दा प्रिय चिज हुन्छ । यस्ता व्यक्तिले धनलाई जति माया केही कुरालाई पनि गर्दैनन् । यस्ताको घरमा माग्ने आयो भने त्यस्तो माग्ने सबैभन्दा ठूलो शत्रु बन्छ । उनीहरुलाई माग्ने देख्न पनि मन पर्दैन ।

मुर्खका लागि उपदेश दिने शत्रु
जुन ब्यक्ति मुर्ख हुन्छ त्यस्तो ब्यक्तिलाई भुलेर पनि उपदेश दिनु हुँदैन । किन भने उपदेश दिने व्यक्ति मुर्खको नजरमा सबैभन्दा ठूलो शत्रु हुन्छ ।

चोरका लागि चन्द्रमा शत्रु
चाणक्य भन्छन् चोरले रातिमा आफ्नो काम गर्छ । यस कारण चन्द्रमा चोरका लागि शत्रु हो । चन्द्रमाले प्रकाश देखाउने र प्रकाशमा मानिसहरुले आफूलाई चिन्ने हुँदा चोरले चन्द्रमालाई मन पराउँदैन ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१५:५९

वास्तुशास्‍त्र अनुसार कपूरलाई घरमा राख्नाले हुन्छ फाइदै-फाइदा ! हेर्नुहोस् !