देशभर कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, आज यति धेरैमा संक्रमण पुष्टि !

मंगलबार  देशभर १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४  पुगेको छ।

पछिल्लो २४ घण्टामा  ११ हजार ४७  जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  २२ हजार ७ सय ९ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ५६३ पुगेको छ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१६:३२

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ