हाँस्यकलाकार हरिवंश आचार्यलाई कोरोना !

काठमाडौँ – चर्चित हाँस्यकलाकार हरिवंश आचार्यमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आचार्यमा मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

हाँस्यकलाकार आचार्यले सामाजिक संजाल मार्फत आफू र श्रीमती रमिला पाठकलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको जानकारी गराएका छन्।

कोरोना भाइरस संक्रमणसँग मिल्ने सामान्य लक्षण देखिएपछि सोमबार परीक्षण गराएको र आज रिपोर्ट पोजेटिभ आएको हाँस्यकलाकार आचार्यले बताए। आचार्यले सामाजिक संजाल मार्फत आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन्।

साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई निर्धारित समयमा परीक्षण गराउन अनुरोध पनि गरेका छन्।

कोरोना पुष्टि पश्चात आचार्यले फेसबुकमा यसो लेखेका छन् –

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१७:२०

रहेनन् अजय देवगनका भाइ …