कुण्डलीमा रहेको ग्रह दोषबाट छुटकारा पाउन गर्नुहोस् यस्ता उपाय !

ज्योतिष शास्त्रक अनुसार हाम्रो जीवनमा हुने घटनाहरूसँग ग्रहको स्थितिले पनि असर पार्छ। ग्रहको शुभ स्थितिले हाम्रो जीवनमा लाभदायक स्थिति बन्छ भने ग्रह अशुभ अवस्थामा छ भने जीवनमा विभिन्न समस्याको सामना गर्नुपर्छ। त्यसैले, कुण्डलीमा ग्रहको स्थिति मजबूत हुन आवश्यक छ। प्रत्येक ग्रहले विभिन्न फल प्रदान गर्दछ। ज्योतिषमा कमजोर ग्रहहरुलाई सुदृढ पार्न धेरै तरिकाहरू बताइएको छ।

यस्ता केहि उपायहरु छन् जसले तपाईंलाई ग्रहदोषको कारण उत्पन्न हुने समस्याहरूबाट मुक्त हुन मद्दत गर्दछ।

सूर्यको ग्रह दोष 

 

सूर्यलाई मान-सम्मानको कारक मानिन्छ र कुण्डलीमा सूर्यको कमजोर स्थितिको कारण अपमानको सामना गर्नुपर्ने हुन सक्छ। बुबा र गुरुसँगको सम्बन्धमा कटुता आउन सक्छ। यदि तपाईंको कुण्डलीमा सूर्यको स्थिति कमजोर छ भने तपाईंले तामाको भाँडामा पानी पिउनु पर्छ। नियमित रूपमा सूर्यको किरणको सम्पर्कमा रहनुहोस्। सुर्यास्त अघि नै भोजन ग्रहण गर्नुपर्छ। भोजनमा रातो खोर्सानी प्रयोग गर्नुपर्दछ।

चन्द्र दोष 

चंद्रमालाई मन र पानीको कारक मानिन्छ। कुण्डलीमा चन्द्रमाको स्थिति सुदृढ पार्नको लागि बेलुकाको खानामा चिसो चिजको प्रयोग नगर्नुहोस्। खानामा सलाद र रसिलो फल समावेश गर्नुहोस्। बासी खाना खानु हुँदैन।

मंगल दोष 

मंगल ग्रहलाई उग्र ग्रह मानिन्छ। कुण्डलीमा मंगल ग्रहलाई बलियो बनाउन हप्ताको एक दिनको लागि खानामा नुन प्रयोग नगर्नुहोस्। सखरको सेवन गर्नुहोस्, सम्भव भए जमीनमा सुत्न।

बुध ग्रह 

बुधलाई सुवचनको कारक मानिन्छ। कुण्डलीमा बुधलाई बलियो बनाउन खानामा हरियो तरकारीहरू प्रयोग गर्नुहोस्। सर-सफाईका साथ रहनुहोस्। सौन्दर्य सामग्री कम प्रयोग गर्नुहोस्।

बृहस्पति ग्रहको दोष

बृहस्पतिलाई गुरु ग्रह पनि भनिन्छ। कुण्डलीमा गुरुलाई बलियो बनाउन कपाल काट्नुहोस्। भोजनमा पहेंलो खाना समावेश गर्नुहोस् वा बेसारको प्रयोग गर्नुहोस्। साहाकारी भोजनलाई महत्त्व दिनुहोस्। निधारमा तिलक लगाउनुहोस् र हातमा सुन वा पित्तलको औंठी लगाउनुहोस्।

शुक्र दोष 

शुक्र ग्रहलाई भौतिक सुखको कारक मानिन्छ। शुक्रलाई बलियो बनाउन सेतो रंग प्रयोग गर्नुहोस्। सधैं सफा र राम्रो र रंगको कपडा लगाउनुहोस्। बिहान नुहाए पछि सुगन्धित अत्तर प्रयोग गर्नुहोस्। खाजामा दही समावेश गर्नुहोस्।

शनि दोष 

शनिलाई न्यायको ग्रह मानिन्छ। त्यसैले आफ्नो नराम्रो प्रकृति छ भने बदल्नुहोस्, कसैको अपमान नगर्नुहोस्। राम्रो काम गर्नुहोस्। खानामा तोरीको तेल प्रयोग गर्नुहोस्। तोरीको तेलले मालिस गर्नुहोस्।  कालो रंगको प्रयोग गर्नुहोस्।

राहु-केतु 

राहु र केतुलाई ज्योतिष शास्त्रमा छाया ग्रहको रूपमा लिइन्छ। तिनीहरूको प्रभावबाट बच्न सफाईको विशेष ध्यान राख्नुहोस्। दैनिक नुहाउनुहोस् र सफा लुगा लगाउनुहोस्। हप्तामा एक पटक धार्मिक स्थलको भ्रमण गर्नुपर्दछ। चन्दनको तिलक लगाउनुहोस्।

प्रकाशित : बुधबार, असोज २१, २०७७१९:२७

ग्रहचक्रमा सूर्यको परिवर्तन, नकारात्मक प्रभावबाट बच्न यसो गर्नुहोस् !