मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लेखन र कलाकारी क्षेत्रमा हुनेको लागि समय अत्यन्त शुभ रहनेछ। दाजु-भाईसँगको सम्बन्ध बलियो हुनेछ। मध्यान्हपछि चिन्ता बढ्नेछ र उत्साह कम हुनेछ। संवेदनशीलता बढ्नेछ। परिवारसँग आनन्दमय समय बित्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। धन लाभ मिल्ने देखिन्छ। शारीरिक र मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। परिवारमा आनन्दमय समय बित्नेछ। मध्यान्हपछि परिस्थिति प्रतिकूल हुनेछन्। व्यावहारिक निर्णयमा दुविधा बढ्नेछ। हातमा आएको अवसर पनि गुमाउन सक्नुहुन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। रमणीय यात्राको योग बन्नेछ। मध्यान्हपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रन सक्छ। आँखा सम्बन्धि समस्या आउनसक्छ। दुर्घटनाको योग रहेकोले यात्रा गर्दा सावधान रहनुहोला। खर्चमा वृद्धि हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। अपूर्ण रहेका कार्यहरू पूरा हुनेछन्। साथी वा प्रियजनबाट उपहार प्राप्त गर्नुहुनेछ। व्यापार क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। परिवार र साथीहरूसँग रमाइलो क्षण बिताउने मौका मिल्नेछ। आयमा वृद्धि हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
खानपानमा विशेष ध्यान राख्नुहोला। शारीरिक अस्वस्थता तथा मानसिक तनाबको महशुस गर्नुहुनेछ। निर्धारित समयमा आफ्नो काम पूरा गर्न सक्षम हुनुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। व्यापार व्यवासयबाट पनि लाभ लिन सकिन्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। परिवार तथा मित्रका साथ स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा सावधानी अपनाउनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। अधुरा रहेका कार्य पूरा हुनेछन्। आर्थिक लाभ मिल्ने सम्भावना छ। गृहस्थजीवन सुखमय रूपले बित्नेछ। व्यापार व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिश्रम अनुसार फल नमिल्दा मन चिन्तित रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मध्यान्हपछि अधुरा रहेका कार्य पूरा हुने सम्भावना छ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। माइती पक्षबाट शुभ समाचार मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिवार तथा मित्रसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। बुबाबाट लाभ मिल्ने सम्भावना छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। सिर्जनात्मक तथा रचनात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ।