“कोरोना महामारीमा खालि नबस्नुस, सन्तान जन्माउनुस्”

एजेन्सी – कमजनसंख्या भएको मुलुक सिंगापुरले सन्तान जन्माउन आफ्ना नागरिकहरुलाई प्रोत्साहन गर्ने भएको छ। सिंगापुर सरकारले सन्तान जन्माउन प्रोत्साहन गर्न आफ्ना नागरिकहरुका लागि आर्थिक सहयोग गर्ने भएको हो।

सिंगापुरका बासिन्दाले आर्थिक बोझ बढ्ने भन्दा कम सन्तान जन्माउने गरेका कारण पर्याप्त जनसंख्याको अभावमा भविष्यमा आइपर्नसक्ने सामाजिक,आर्थिक तथा राजनीतिक समस्या आइपर्ने सिंगापुर सरकारको निष्कर्ष छ। जसको समाधानको लागि सरकारले विभिन्न समयमा विभिन्न योजना र कार्यक्रम घोषणा गर्ने गरेको छ।

अहिले कोरोना भाइरस महामारीका कारण मानिसहरु फुर्सदिला भएको छन्। यस समयलाई सन्तान जन्माउन उपयुक्त भन्दै सिंगापुर सरकारले प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको बताइएको छ।

सिंगापुरमा हरेक युवा दम्पतिले सन्तान उत्पादनलाई आर्थिक बोझको रूपमा लिने गरेका कारण सरकारले यस्तो घोषणा गरेको त्यहाँक स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

त्यहाँको सरकारले सन्तान जन्माउनेहरुका लागि दिइने आर्थिक सहयोगको मात्रा भने खुलाएको छैन। तर, यस अगाडी पनि सन्तान जन्माउनका लागि अभिभावकलाई प्रोत्साहन गर्नका लागि विभिन्न सहयोग गर्दै आएका कारण सरकारले पहिला भन्दा बढी आर्थिक सहयोग गर्न लागेको अनुमान गरिएको छ।

“महामारीको समयमा घरभित्र त्यत्तिकै बस्नुभन्दा सन्तान उत्पादनको लागि आवश्यक तयारी गर्न प्रोत्साहन गरिने छ ।”,आर्थिक सहयोगको घोषणा गर्दै त्यहाँको सरकारले भनेको छ।

प्रकाशित : बुधबार, असोज २१, २०७७१६:४३

साँझको समय भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, गरिबी निम्त्याउँछ !