रणबीर कपूर रहेछन् चुलबुले आलियाका छैठौ प्रेमी ! को थियो त पहिलो प्रेमी ? हेर्नुहोस् 

एजेन्सी- बलिउडमा अहिले आलिया भट्ट र रणबिर कपूरको प्रेम सम्बन्धको धेरै चर्चा हुने गरेको छ। प्रेम मात्र नभएर यी दुईको विवाहको पनि कुरा चल्न थालेको छ। आलिया भट्टले सानै उमेरमा धेरै सफलता हासिल गरिसकेकी छिन्। उनी रणबीरसँग सम्बन्धमा हुनु भन्दा अगाडीको विभिन्न व्यक्तिहरुसँग प्रेम सम्बन्ध रहेको थियो। रणबीर भन्दा अगाडी आलियाको को-कोसँग सम्बन्ध छ त ?

आलिया भट्ट – कविन मित्तल

चर्चित व्यवसायी सुनील मित्तलका छोरा कविन मित्तलसँग आलिया प्रेम सम्बन्धमा रहेको समाचार आएको थियो। धेरै पटक सँगै देखिएका यी दुईको सम्बन्ध भने धेरै टिक्न सकेन।

आलिया भट्ट – सिद्धार्थ मल्होत्रा

एकै चलचित्रबाट बलिउडको यात्रा शुरु गरेका यी दुईको प्रेम सम्बन्धले पनि मिडियामा राम्रै ठाउँ पायो। निजी मामलाको कारण यी दुईको प्रेम सम्बन्ध पनि टुटेको थियो।

आलिया भट्ट – वरुण धवन

सँगै बलिउडमा प्रवेश गरेका यी दुईले धेरै चलचित्र सँगै गरे भने यी दुईको जोडीलाई दर्शकले पनि धेरै मन पराए। पर्दामा राम्रै चलेको भएता पनि यी दुईको प्रेम सम्बन्धले मूर्त रुप भने लिन सकेन।

आलिया भट्ट -अली ददारकर

स्कुलमा सँगै अध्ययन गरेका यी दुई राम्रो मित्र रहेका थिए। यी दुई अहिले पनि राम्रो साथी रहेका छन्। यी दुई बीच कुनै समयमा प्रेम पनि झाँगिएको थियो। तर प्रेम लामो समय सम्म भने टिक सकेन।

आलिया भट्ट – रमेश दुबे

आलिया भट्टसँगै पढेका यी दुई सँगै ६ कक्षा सम्मसँगै अध्ययन गरेका थिए। आलियाको जीवनमा पहिलो प्रेमीको रुपमा रमेश दुबे रहेका थिए।

प्रकाशित : बुधबार, असोज २१, २०७७१८:३४

ड्र-ग्स केसमा १ महिनापछि जमानतमा रिहा भईन रिया चक्रवर्ती!