ड्र-ग्स केसमा १ महिनापछि जमानतमा रिहा भईन रिया चक्रवर्ती!

ड्र-ग्स मामिलामा रिया चक्रवर्तीलाई जमानत मिलेको छ।  बम्बई हाईकोर्टले उनलाई  जमानतमा रिहा दिएको छ।  रियाको  भाई शौविकको  जमानत आवेदन  खारेज भएको छ। यस बाहेक ड्र-ग पेडलर बासित परिहारको जमानत आवेदन  पनि  कोर्टले  खारेज  गरेको छ। रियालाई एक लाखको जमानतमा रिहाइ मिलेको हो।

उनले आफ्नो  पासपोर्ट जम्मा गर्नुपर्नेछ। यदि उनलाई मुम्बईबाट बाहिर जानुपर्ने भयो भने उनले अनुमति लिनुपर्नेछ। रियालाई जतिबेला सोधपुछको लागि बोलाइन्छ तब उनी हाजिर हुनुपर्नेछ। बम्बई हाईकोर्टले रिया बाहेक तीन व्यक्तिलाई जमानत दिएको छ। यसमा स्यामुअल मिरांडा र दीपेश सावंत पनि रहेको छ। तीन जनालाई नै यस्तै शर्त दिईएको छ। शौविकलाई जमानत नमिलेको कारण रियालाई  भन्दा ग-म्भीर आरोप लागेको हो ।

रियालाई एनसीबीले आठ सेप्टेम्बरमा गि-रफ्तार गरेको थियो। उनले लोअर कोर्टबाट दुई पटक जमानत खारेज भएपछीपछि हाईकोर्टमा अपिल गरेकी थिइन्। योभन्दा पहिला मंगलबारमा सेशन कोर्टले रियाको न्यायिक हिरासत २० अक्टुबरसम्म बढाएको थियो। सुशांत सिंह राजपूत केसमा  रिया चक्रवर्तीमाथि  ड्र-ग्सको किनबेच गर्ने आरोप लागेको थियो।  रिया र उनको भाई  शौविकको थुप्रै च्याट बाहिरिएको थियो, जुनमा उनी ड्र-ग्स पेडलर्ससँग कुरा गर्दै थिइन्। यधपी रियाले आफै  ड्र-ग्स लिएको  कुरा अस्वीकार गरिन्। एक इन्टरभिउमा अभिनेत्रीले भनेकी थिइन कि  सुशांत सिंह राजपूत प्राय  ड्र-ग्स सेवन गर्थे।  फिल्म केदारनाथको  शूटिंगको समयमा पनि अभिनेताले ड्र-ग्स लिएका थिए।

प्रकाशित : बुधबार, असोज २१, २०७७१९:२०

बबी डार्लिंगदेखि शिनातासम्मका यी ५ पुरुषहरु यसरी बने सुन्दर युवती!