हातमा यसप्रकारको रेखा देखिन्छ भने तपाइँ भाग्यमानी हुनुहुन्छ

हातमा कोरिएको यस रेखालाई अभिभावक स्वर्गदुत रेखा भनिन्छ । अङ्ग्रेजीमा यस रेखालाई गार्डियन एन्जेल लाईन भन्ने गरिन्छ । यसले जीवनको रेखालाई निर्धारण गर्दछ । यसप्रकारको रेखा भएको मानिस प्रेमजीवनमा भाग्यमानी हुनुका साथै यीनीहरुले आईपर्ने समस्याहरुको सजिलै समाधान गर्न सक्ने विश्वास गरिन्छ ।

यस्ता मानिसले दुखलाई हटाई आफ्नो जीवन सुखी र शान्तिमय बनाउन सक्दछन् । तर यस्ता मानिसहरु दुर्लभ हुन्छन् । अभिभावक स्वर्गदुत रेखा जीवनरेखासँगै समान रुपमा बाँया हत्केलामा अवस्थित रहन्छ ।

मानिसको आध्यात्मिक जीवनमा अभिभावक स्वर्गदुतले बर्षौसम्म जीवनको एउटा भाग बनी भूमिका खेल्दछ । यो विश्वास गरिन्छ कि हरेक मानिसको जीवनमा अभिभावक स्वर्गदुत हुन्छ , जस्ले हामीलाई हेरविचार तथा सुरक्षा प्रदान गर्दछ । यदि हामीलाई केही नराम्रो भएमा अभिभावक स्वर्गदुतले रक्षा गर्दछ । केही मानिसहरुले स्वर्गदुतलाई देखेको कुरालाई निधो गरेका छन् ।

तर प्रायजसो यस्तो कुराहरु भावनात्मक अनुभव मानिन्छ । साथै दुर्घटनालाई भोगेको वा मुत्युलाई नजिकबाट अनुभव गरेको मानिसले मात्र यस्तो कुराहरु गर्दछन् भन्ने विश्वास गरिन्छ । यस्ता मानिसहरुको भनाई अनुसार यो व्याख्या गर्न नसकिने रहस्यमय कुरा हो ।

 

प्रकाशित : बिहिबार, असोज २२, २०७७१६:४०

समुद्रशास्त्र अनुसार यस्तो आकारको अनुहार भएका महिलाहरु हुन्छन् संसारकै भाग्यमानी!