संसारभरका सबै जसो देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। यस भाइरस विरुद्धको विभिन्न खोप पनि परिक्षणको अवस्थामा रहेका छन्। खोप नआएसम्म, विशेष सावधानी अपनाउन जरूरी छ। यसैबीच, अमेरिकामा गरिएको एउटा अनुसन्धानले कोरोना भाइरसलाई लिएर मानिसमा अझ चिन्ता बढाएको छ। यस अध्ययनले दावी गरेको छ कि शहरी प्रदूषणले कोभिड महामारीलाई अझ घातक बनाउँछ।

अमेरिकामा गरिएको यस अध्ययनले दावी गरेको छ कि लामो समयसम्म शहरी प्रदूषण, विशेष गरी नाइट्रोजन डाइअक्साइडको सम्पर्कमा रह्यो भने कोभिड-१९ भाइरस अझ घातक हुनसक्छ। ‘द इनोभेसन’ जर्नलमा प्रकाशित उक्त अध्ययनमा जनवरीदेखि जुलाईसम्म अमेरिकामा ३,१२२ काउन्टीमा पीएम २.५, नाइट्रोजन डाइअक्साइड र ओजोन जस्ता प्रमुख प्रदूषकहरूको विश्लेषण गरेको छ।

अमेरिकामा आधारित इमोरी विश्वविद्यालयका डोंगहाइ लियांगले भने कि प्रदूषकहरुका अल्पकालिन र दीर्घकालिन जोखिमको स्थितिमा मानव शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष तन्त्रगत प्रभाव अक्सिडेटिभ दवाब, सुजन र श्वासप्रश्वासको संक्रमणको रूपमा पर्छ।

वायु प्रदूषण प्रदूषकहरू र कोभिड-१९ को तीव्रता बीचको सम्बन्ध पत्ता लगाउनको लागि अन्वेषकहरूले कोरोनाले हुने मृ-त्युको दर र जनसंख्याको तुलनामा कोरोनाबाट हुने मृ-त्युको अध्ययन गरे। दुई सूचकले क्रमशः कोभिडबाट हुने मृ-त्युको लागि जैविक संवेदनशीलता, र कोविड-१९ बाट भएको मृ-त्युको तीव्रतालाई संकेत गर्छ।

अन्वेषकहरूले गरेको प्रदूषकहरूको विश्लेषणबाट यो पत्ता लाग्यो कि नाइट्रोजन अक्साइडको कोभिड-१९ बाट हुने मृ-त्युसँग धेरै प्रतक्ष सम्बन्ध रहेको छ। अन्वेषकका अनुसार हावामा नाइट्रोजन डाइअक्साइडको वृद्धिले ११.३ प्रतिशत कोरोना बिरामीको मृ-त्युसँग प्रतक्ष सम्बन्ध राख्छ।

