काठमाडौँ – भारत बंगालको खाडीमा विकसित प्रणालीको असर नेपालको मौसममा पर्ने मौसमविद्हरुले बताएका छन्। भारत बंगालको खाडीमा सामुद्रिक आँधी विकसित हुनेक्रममा रहेको र त्यसले नेपालको मौसममा असर पर्ने मौसमविद्हरुले बताएका हुन्।
मौसमविद्हरुका अनुसार पछिल्लो केहि समय देखि बंगालको खाडीमा चक्रवात बन्ने क्रम जारी रहेको छ। त्यसको सिधा असर नेपालको मौसममा पर्न सक्ने मौसमविद्हरुको अनुमान छ।
भारत बंगालको खाडीमा बनिरहेको सामुद्रिक आँधी विकास उत्तर यार्फ़ सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने मौसमविद्हरु बताउँछन्। मौसमविद्हरुका अनुसार प्रदेश १ देखि ४ सम्म पानी पर्न सक्छ।
बंगालको खाडीमा बन्दै गएको चक्रवात थप विकसित भएमा शनिबार र आइतबार नेपालमा ठूलो पानी पर्ने सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त सामुद्रिक आँधीले नेपालको मौसममा कतिको प्रभाव पार्न सक्छ भन्ने बारे आफूहरु अध्ययनकै क्रममा रहेको मौसमविद्हरु बताउँछन्।