‘मलाई छोरा-छोरी पाउन डर लागेको छ’ भन्दै ऋचाले लेखिन प्रम ओलीलाई यस्तो चिठी!

काठमाडौँ, असोज २३ । देशभर दिनदिनै ब-ला’त्कारको घटना बढेसंगै आम नेपाली नारी असुरक्षित हुनुको  साथै त्र-सित बनेका छन्।  यस्तो संवेदनशिल कुरामा पनि नेपाल सरकारले चासो नदिएपछि अभिनेत्री ऋचा शर्माले आफ्नो फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लेखेको चिठी लेखेकी छिन्।

केहि दिन अगाडी गृहमन्त्री रामबहादुर थापाले ब-ला’त्कारका बारेमा दिएकाे अभिव्यक्ति विवादमा आएको थियो। त्यसबेला पनि गृहमन्त्री थापाको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले  सामाजिक सञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञ विरुद्द  टिप्पणी गरेकी थिइन्। यस्तो छ ऋचाले  प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको चिठी:

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि ब-ला’त्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा ब-ला’त्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलोजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ सम्म खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

प्रकाशित : शुक्रबार, असोज २३, २०७७१४:०८

दुवै किड्नी फेल भएर यी अभिनेत्रीको मृत्यु, लागेको थियो यस्तो ग-म्भीर आरोप!